
Rsb
mss
gis
Csb
Gsb
Ppu
Ssb

Ssb
Tsb

Rgu
Nps
काठमाडौँ । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर –१,स्थित कोशीपुरबाट प्रहरीले स्रोत नखुलेको नगद रकम सहित दुई जनालाई पक्राउ गरेको छ ।
त्यस्तै पक्राउ पर्नेमा धनकुटा शहिदभुमी गाउँपालिका वडा नम्बर–२,घर भएका २० वर्षीय अपित राई र ३१ वर्षीय कबिराज राई रहेका छन् । बुधबार साँझ पक्राउ परेका आरोपीहरुको साथबाट १५ लाख ३४ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यस्तै अस्थायी प्रहरी पोष्ट चतरापुलबाट खटिएको टोलीले धरानबाट आउँदै गरेको प्रदेश–०२–०१६ प ५७३३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा सो रकम फेला पारेको हो । प्रहरीले घटनाबारे थप
अनुसन्धान गरिरहेको जनाएको छ ।
