
Sebsg
Pbu
gst
Gmssl
Gsg
Gst
Unsku
Gipsg
Gipsg

Sbs
nsb
Tsm
Wsp
Asm
Bbu
Bbbpu
Ksm
Pvg
Vor
Hal
Rgs
Gst
Rsb
Sls
Ssm
Rgu
Rgu
Ggd

Syp
Jmb
Pls
Rmb
Ptm
sab
Rpp
Bml
Gsb
Mks
Abd
bbt
Jmb
दाङ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङका सदस्य तथा वरिष्ट युवा समाजसेवी लमही दाङ निवासी ठाकुर प्रसाद भण्डारीको स्वास्थ्यमा केही सुधार आएको छ। गत फाल्गुन ७ गते उद्योग वाणिज्य संघ लमही को बैठक सकेर घर फर्किदै गर्दा बनगाउँ चोक नजिकै राजमार्गमा ट्रक र उहाँ चढेको मोटरसाइकल एक आपसमा ठोक्किन गई गम्भीर घाइते हुनु भएको थियो।
घट्नस्थलबाट घाइते भण्डारीलाई लमही पुर्याई सामान्य उपचारपछि कोहलपुर मेडिकल कलेज पुर्याएको थियो। त्यहाँ अनेक उपचार सम्भव नभएपछि अचेत अवस्थामा उहाँलाई मेडिकल तीमसहित हेलिकप्टर द्वारा चार्जटर गरी काठमाडौं बाँसबारी स्थित न्यूरो अस्पतालमा सघन कक्षमा उपचार भइरहेको छ। दुर्घटना भएको समय देखि करीव १० दिन सम्म उहाँको होस् आएको थिएन।
तर श्वासप्रश्वास सुचारु भइरहेको थियो। भण्डारीको टाउकोमा गम्भीर चोट लाग्न गई उहाँ बेहोस अवस्थामा हुनुहुन्थ्यो तर आज एक्कासी आखा सामान्य खुलेका छन्, हातको इशारा बाट केहि कुरा गर्न खोज्न झै गर्नुहुन्छ भने खुट्टा र शरीर चलाउन सक्नु भएको छ। लामो समय पछि उहाँको स्वास्थ्य स्थिति यसरुपमा सुधार हुँदा आफन्तजन, पार्टीपंक्ति, शुभचिन्तक, स्वास्थ्यकर्मी लगायत सबैमा आशा जागेको राजमो दाङका उपाध्यक्ष एवम् पत्रकार महेश रिजालले शनिबार अपरान्ह घाइते भण्डारीलाई भेटेर फर्केपछि जानकारी दिनु भएको हो ।
उपाध्यक्ष रिजालले आजै ललितपुर ग्वार्को स्थित B&B हस्पिटल मा पुगेर यही फाल्गुन ६ गते पार्टीको काममा गढवा घर देखि मोटरसाइकलमा घोराही तर्फ जाँदै गर्दा राष्ट्रिय जनमोर्चा दाङका सदस्य कपिलदेव खनाल लाई स्कर्पियोजीपले ठक्कर दिँदा गम्भीर घाइते हुनु भएको थियो। घाइते खनाललाई उद्धार गरी लमही प्राथमिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल चौराहा अस्पतालमा पुर्याएको थियो । दाहिने खुट्टा तीन ठाउँमा र दाहिने हातको क्रूममा गम्भीर चोट लागि घाइते खनाललाई त्यहाँ उपचार गर्न कठिन भएपछि ललितपुर ग्वार्को स्थित B&B अस्पतालमा पुर्याई सघन कक्षमा उपचार भइरहेको छ ।
पाँच दिनजति आइसियुमा राखेर अप्रेसन पछाडि पाँच दिन सम्म आइसियुमा राखी उहाँलाई वार्डमा ल्याइएको थियो भने पुनः दुई दिन पछि क्रुमको अप्रेसन गरी आइसियुमा राखी आज वार्डमा ल्याइएको छ। उहाँको अवस्था अहिले खतरामुक्त भए पनि शारीरिक रुपमा निकै गम्भीर रुपले जोखिम रहेको अवस्थामा पनि उहाँ सामान्य कुराकानी गर्न सक्नु हुन्छ।
