
Djs
cjs
sbs
Lnp
Ggp
Sgr
Rgp
pku
Srbpu
Pes
Pbu
Unsku
Gfs
Rgp1

Wsp
Ksm
Tsm
Rgu
nsb
Pvg
Asm
Hal
Bbu
Ssm
Rgs
Sbs
Vor
Rgu
Ggd
Sls
Gst
Rsb
Bbbpu

bbt
Rmb
Syp
Gsb
Ptm
Bml
Abd
Mks
Jmb
sab
Pls
Rpp
Jmb
काठमाडौं । चिसो मौसम सुरु भएपनि डेंगुको संक्रमण अझै घटेको छैन । पछिल्ला दिनमापनि डेंगुको संक्रमण यथावत नै रहिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकले पनि देखाँउछ ।
ईडीसीडीका अनुसार पछिल्लो एक हप्तामा मात्रै ९६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । गत पुसयता देशभर ८ हजार २६२ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीको तथ्यांक छ । सोही अवधिमा संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । यसवर्ष डेंगु ७६ जिल्लामा फैलिएको छ । सबैभन्दा बढी गण्डकी प्रदेशमा २ हजार १४५ जना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी बागमती २ हजार १३२, लुम्बिनीमा १ हजार ३४६, कोशीमा १ हजार ३६, सुदूरपश्चिम ८३२, कर्णालीमा ५३० र मधेशमा २११ जनामा संक्रमण पुष्टि भएको छ ।
किन घटेन डेंगु संक्रमण ?
सामान्यतया डेंगु सार्ने लामखुट्टेलाई २५ देखि ३० डिग्री सेल्सियसको तापक्रम उपयुक्त मानिन्छ । तर पछिल्लो समय यो भन्दा कम तापक्रममा पनि डेंगु सार्ने लामखुट्टे सक्रिय रहेको पाइएको छ । जनस्वास्थ्य विदका अनुसार,किटजन्य रोग विस्तार हुनुमा जलवायु परिवर्तन, मानिसको बसाइँसराइ, तीव्र शहरीकरण, किटाणुमा कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकास लगायत कारण रहेका छन् ।
त्यस्तै तराईका जिल्लामा प्रकोपकै रूपमा देखिएको डेंगु संक्रमण गर्मी बढेपछि घटेको पाइएको थियो । किनकि, तापक्रम ३५ डिग्री सेल्सियस नाघेपछि डेंगु सार्ने लामखुट्टे बाँच्न सक्दैन । तर यसको उल्टो पहाडी र हिमाली क्षेत्रमा लामखुट्टेको प्रकोप बढ्दो छ । किनकि विज्ञका भनाइमा १२–१३ डिग्रीमा पनि डेंगु सार्ने लामखुट्टै सहजै बाँच्न सक्छ ।
डेंगु हुँदा आन्तरिक रक्तस्राव हुन्छ, कस्तो अवस्थामा अस्पताल जानैपर्छ ? (भिडियो) विज्ञका डेंगु सार्ने लामखुट्टे १० देखि १२ डिग्री सेल्सियस तापक्रम रहँदासम्म हराउँदैन । हिजोआज पहाडी क्षेत्रको तापक्रम १० देखि १२ डिग्री सेल्सियसभित्रै रहेका कारण लामखुट्टे हराएको छैन ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान प्रमुख तथा वातावरणीय स्वास्थ्यमा विद्यावारिधि गरेका डा.मेघनाथ धिमालका अनुसार, तराईमा पाइने लामखुट्टेले अब आफूलाई पहाडी र हिमाली वातावरणमा अनुकुनलन गराएका छन् ।
‘जलवायु परिवर्तनको असर उच्च भू–भागमा देखिएको छ । हिजोका दिनमा चिसो हुने ठाउँमा तापक्रम बढेसँगै प्रत्यक्ष रूपमा लामखुट्टे, भुसुनाका कारण लाग्ने कीटजन्य रोग फैलिएका छन्’, डा. धिमाल भन्छन्, ‘मौसममा बदलावसँगै अन्य कारणले तराईको रोग पहाड अनि हिमालमा उक्लिएको छ ।’
पछिल्ला वर्षहरुमा लामखुट्टेले चिसोसँग लड्ने क्षमता विकास गरिरहेको उनको भनाइ छ । कुनै समय निश्चित भौगोलिक क्षेत्रमा मात्र देखिने कीटजन्य सरुवा रोग हिजोआज नयाँ-नयाँ क्षेत्रमा पुगिरहेका छन् । मलेरिया, डेंगु, चिकुनगुनिया, कालाज्वर, स्क्रब टाइफस, जापानिज एन्सेफ्लाइटिस, हात्तीपाइले जस्ता कीटजन्य रोगहरु अब तराईबाट पहाड हुँदै हिमालतिर पुगिरहेका छन् ।अनलाइनखबर
