
Usb
Jns
Ggp
Asb
Rgp
Lks
Sgp
lnp
Rgp
Rgp
Dus
ksb
Rgp
Lnp
Ggp

lms

दाङ । देउखुरीको लमही नगरपालिका–१ कौडियापुलस्थित पूर्व–पश्चिम राजमार्गमा डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस पुलबाट खोलामा खस्दा दुर्घटना भएको छ । आज बिहान करिब ३ बजे बस दर्घटनामा परेको हो ।
त्यस्तै दुर्घटनास्थलबाट २२ जना घाइतेलाई वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी निरीक्षक रोशनराज पाण्डेयको टोलीले उद्धार गरी लमही अस्पताल पठाएको छ ।
घाइतेहरुको अहिले लमही अस्पतालमा उपचार भइरहेको छ । २२ जना घाइतेलाइ उपारको लागी लमही अस्पताल लगिएको छ । जस मध्ये २ जनालाइ थप उपचारको लागि बाहिर पठाउनुपर्ने हुनसक्ने प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए । बस दुर्घटनाको कारण के हो भनेर अनुसन्धान पनि भइरहेको उनले जानकारी दिए ।
उक्त बसमा ३८ जना सवार थिए । पट्टा भाँचिएर बस दुर्घटनाम परेको प्रारम्भिक बयान प्रहरी समक्ष बस चालकले दिएका छन् ।
