
pku
Rgp1
Lnp
cjs
Unsku
Srbpu
Ses
Sgr
Pbu
Gfs
Djs
Rgp
Ggp
Pes

Rgs
Ksm
Vor
Sls
Rgu
Asm
Bbu
Wsp
nsb
Ssm
Gst
Rgu
Ggd
Hal
Tsm
Bbbpu
Pvg
Rsb
Sbs

Rpp
Pls
Syp
Rmb
Bml
Gsb
bbt
Abd
Ptm
Jmb
Jmb
Mks
sab
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शी समाज निर्माणका लागि सबैको संयुक्त प्रयास आवश्यक रहेको बताएका छन् ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा मंगलबार एक शुभकामना सन्देशजारी गर्दै मुख्यमन्त्री आचार्यले सुशासनलाई मजबुत बनाउदै भ्रष्टाचारमुक्त समाज निर्माण गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभएको हो ।
‘भ्रष्टाचार आर्थिक दुराचार मात्रै होइन । यसले सामाजिक मूल्य–मान्यता, लोकतान्त्रिक प्रणाली, राजनीतिक स्थिरता र विकासको गति सबैमा गम्भीर असर पार्छ’शुभकामना सन्देशमा भनिएको छ,‘समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य छ भन्ने स्पष्ट बुझेर सरकारले कानूनी, नीतिगत र संस्थागत संरचना सुदृढ गर्न विविध पहल गरिरहेको छ ।’ भ्रष्टाचारविरुद्धको लडाइँ सबैको साझा जिम्मेवारी रहेकामा जोड दिदै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार आफ्नो भूमिकामा पूर्णतः प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।
मुख्यमन्त्री आचार्यले नेपाल सन् २०११ देखि भ्रष्टाचारविरुद्ध संयुक्त राष्ट्रसंघीय महासन्धिको पक्ष राष्ट्र बनेको उल्लेख गर्दै त्यसयता सरकार राष्ट्रिय रणनीति र कार्ययोजना बनाएर अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार अघि बढिरहेको जानकारी दिए । उनका अनुसार भ्रष्टाचार आर्थिक दुराचार मात्र नभई सामाजिक मूल्य–मान्यता,लोकतान्त्रिक प्रणाली,राजनीतिक स्थिरता र विकासमा गम्भीर असर पार्ने समस्या हो ।
उक्त चुनौतीलाई सम्बोधन गर्न प्रदेश सरकारले कानूनी, नीतिगत र संस्थागत संरचना सुदृढीकरणमा विभिन्न पहल अघि बढाएको मुख्यमन्त्री आचार्यले बताए । सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार न्यूनिकरणलाई प्राथमिकतामा राख्दै पाँच वर्षे रणनीतिक योजना कार्यान्वयन भइरहेको उनले जानकारी दिए ।
पूर्व विशिष्ट पदाधिकारीका सेवा–सुविधा कटौती, मुख्यमन्त्री तथा मन्त्रीहरुको आचारसंहिताको कार्यान्वयन,चालू खर्च घटाउने पहल तथा विकास योजना प्रतिस्पर्धात्मक प्रक्रियाबाट कार्यान्वयन गर्ने व्यवस्था पारदर्शिता र जवाफदेहिता बढाउन प्रभावकारी रहेको उनले बताए ।
