
Lks
Ggp
Rgp
Lnp
Rgp
Rgp
Dus
lnp
Rgp
Sgp
Ggp
Jns
Usb
ksb
Asb

lms

दाङ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा २४ वटा मतदानस्थल थपिएका छन् ।
प्रदेशका १२ जिल्लामध्ये आठ जिल्लामा २४ नयाँ मतदानस्थल थपिएका हुन् । नयाँ मदानस्थल थपिएसँगै लुम्बिनी प्रदेशमा मतदानस्थलको सङ्ख्या एक हजार छ सय ७४ र मतदान केन्द्रको सङ्ख्या तीन हजार आठ सय ३२ रहेको छ ।
लुम्बिनी प्रदेशमा थपिएका २४ निर्वाचनस्थलमध्ये सबैभन्दा धेरै अर्घाखाँची जिल्लामा सात वटा मतदानस्थल थपिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।
त्यस्तै उनका अनुसार मतदाता बढी भएका क्षेत्र र मतदान गर्नका लागि टाढा जानुपर्ने ठाउँमा मतदाताको सहजताका लागि जिल्लास्तरीय मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट भएको सिफारिस अनुसार निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा २४ वटा नयाँ मतदानस्थल थप गरेको बताए ।
यस्तै सूचना अधिकारी कुँवरका अनुसार दाङमा छ वटा,गुल्मीमा चार वटा,प्यूठानमा तीन वटा,रुपन्देही, कपिलवस्तु,बाँके र नवलपरासी (बर्दघा सुस्ता पश्चिम) जिल्लामा एक/एक वटा मतदानस्थल थपिएका छन् ।
