Sidha Patra आइतबार, मंसिर २१, २०८२

दाङ । दाङको दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ७ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना ६ ख २६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँ स्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

त्यस्तै दुर्घटनामा मोटरसाइकल चालक दाङको बबई गाउँपालिका–३ निवासी २९ वर्षीय गणेश ओलीको बायाँ खुट्टा भाँचिएको र बायाँ हातमा चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएकोमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको थियो ।

त्यहापनी उपचार सम्भव नभएपछि हाल उनी भारतको लखनउस्थित आशिर्बाद सिटी अस्पतालमा उपचाररत छन । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । त्यस्तै, मोटरसाइकलको पछाडि सवार सल्यानको कालिमाटी गाउँपालिका–३ निवासी २३ वर्षीय भिषण पुन मगरको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो ।

यस्तै राप्ती प्रादेशिक अस्पतालमा ल्याई डाक्टरले जाँच गर्दा गएराति करिब ८ः३५ बजे मृत घोषणा गरिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा संलग्न मोटरसाइकल,ट्रक र ट्रक चालक दाङको तुलसीपुर उपमहानगरपालिका–१२ टरीगै निवासी २९ वर्षीय साजन आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]