
Pes
Ses
Pbu
Lnp
Gfs
Djs
pku
Rgp1
Rgp
Srbpu
cjs
Unsku
Ggp
Sgr

Pvg
Rgs
Ggd
Asm
Sls
Wsp
Bbu
nsb
Rsb
Rgu
Hal
Rgu
Ssm
Ksm
Bbbpu
Vor
Sbs
Gst
Tsm

Syp
Ptm
Gsb
Bml
sab
Abd
Jmb
Jmb
Rpp
Pls
Mks
bbt
Rmb
दाङ । दाङको दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ७ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना ६ ख २६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँ स्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
त्यस्तै दुर्घटनामा मोटरसाइकल चालक दाङको बबई गाउँपालिका–३ निवासी २९ वर्षीय गणेश ओलीको बायाँ खुट्टा भाँचिएको र बायाँ हातमा चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएकोमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको थियो ।
त्यहापनी उपचार सम्भव नभएपछि हाल उनी भारतको लखनउस्थित आशिर्बाद सिटी अस्पतालमा उपचाररत छन । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । त्यस्तै, मोटरसाइकलको पछाडि सवार सल्यानको कालिमाटी गाउँपालिका–३ निवासी २३ वर्षीय भिषण पुन मगरको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो ।
यस्तै राप्ती प्रादेशिक अस्पतालमा ल्याई डाक्टरले जाँच गर्दा गएराति करिब ८ः३५ बजे मृत घोषणा गरिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा संलग्न मोटरसाइकल,ट्रक र ट्रक चालक दाङको तुलसीपुर उपमहानगरपालिका–१२ टरीगै निवासी २९ वर्षीय साजन आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
