
cjs
Rgp
Djs
Gfs
pku
Ggp
Unsku
Rgp1
Srbpu
Sgr
Pbu
Lnp
Ses
Pes

Pvg
Wsp
Rgs
Hal
Sbs
Bbbpu
Bbu
Rgu
Ksm
Gst
Vor
nsb
Rsb
Sls
Ggd
Rgu
Asm
Ssm
Tsm

Syp
Pls
Rpp
sab
bbt
Abd
Jmb
Mks
Ptm
Bml
Rmb
Jmb
Gsb
दाङ । लमही चेम्बर अफ कमर्शले लमहीको एक सुनचाँदी पसलमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार गरि उत्पात मच्चाइएको घटना प्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।
आइतबार चेम्बरका अध्यक्ष किरण कुमार बुढाथोकीले एक प्रेस विज्ञप्ती जारी गर्दै शनिबार लमही नगरपालिका वडा नम्बर ५ लमही बजार स्थित जुनतारा सुनचाँदी पसलमा कार्यरत कालिगढलाई लक्षित गरेर गोली प्रहार गर्दै लुटपाट गरिएको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
त्यस्तै उक्त घटनामा घाइते भएका कालिगढ दीपक सुनारको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै गोली प्रहार गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरि कानूनी कारबाही गर्न स्थानीय सरकार र प्रहरी प्रशासनलाई आग्रह समेत गरिएको छ । पछिल्लो समय लमही बजारमा विभिन्न पसलहरुमा लुटपाटका घटनाहरु बढीरहेकोे हुँदा यस घटना प्रति सम्बन्धित निकाय गम्भीर हुन पनि चेम्बरले आग्रह गरेको छ ।
यस्तै प्रहरीले यस घटनाको बारेमा गम्भीरताका साथ अनुसन्धान गरि रहेको जनाएको छ ।
