
Sgr
Lnp
pku
cjs
Srbpu
Unsku
Rgp1
Ses
Pes
Djs
Pbu
Ggp
Gfs
Rgp

Tsm
Sbs
Sls
Bbu
Rsb
Ksm
Ggd
Hal
Rgu
Bbbpu
nsb
Asm
Gst
Pvg
Ssm
Rgs
Wsp
Vor
Rgu

Pls
Gsb
Rmb
Mks
Abd
Jmb
Rpp
Syp
bbt
Bml
sab
Ptm
Jmb
झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकमा भएको आक्रमणसहितका घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकामध्ये १३ जनालाई झापा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
कारागार चलान हुनेहरुमा पाँचथर मिक्लाजुङ ५ बस्ने साजन लुहागुन (२१), इलाम चुलाचुली ३ बस्ने नकुल अधिकारी (२२), दमक ७ बस्ने लोमस कटुवाल (२४), दमक ७ बस्ने गौरव भुजेल (२०), पाँचथर मिक्लाजुङ ३ बस्ने सुशिल फियाक, दमक ७ बस्ने शिव मल्लिक (१९), इलाम चुलाचुली २ बस्ने दर्शन लिम्बू (२२), गौरादह ३ घर भई हाल दमक ९ बस्ने सुन्दर गिरी (१९), गौरीगञ्ज ३ बस्ने रमेश पासवान (४६) र सोही ठाउँका सोनु पासवान (१९) रहेका छन् ।
त्यस्तै यसअघि गत कात्तिक २७ गतेको आदेशले इलाम चुलाचुली ३ बस्ने सुजल राई (१९), दमक ९ बस्ने अरुण रोका (२६) र दमक ९ बस्ने गणेश शर्मा (१९) पनि पुर्पक्षका लागि जेल चलान भइसकेका थिए ।
यस्तै झापामा पक्राउ परेका अन्य व्यक्तिहरुमध्ये ४ जना नाबालकलाई भने अभिभावकको जिम्मा लगाइएको छ, जसमा दमक ३ बस्ने रियाज सिलवाल (१६), दमक ५ बस्ने सायल राई (१६), दमक ७ बस्ने शाखिब शेख (१७) र दमक ३ बस्ने आदित्य लिम्बू (१७) रहेका छन् ।
त्यस्तै दमक ९ बस्ने सन्तबहादुर मोते (३४) र दमक ८ बस्ने उमेश थापा (३६) जनही रु १ लाख ५० हजार धरौटीमा रिहा भएका छन् भने दमक ३ बस्ने केदार बस्नेत (२१) रु ३० हजार धरौटीमा छुटेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जेनजी आन्दोलनका क्रममा झापाका प्रहरी कार्यालयहरुमा आक्रमण गर्ने ४६ जना पक्राउ परेको जानकारी दिँदै १३ जना जेल चलान,४ जना अभिभावकको जिम्मा, ३ जना धरौटीमा रिहा, ७ जना हाजिरी जमानीमा छुटेको र बाँकीमाथि अनुसन्धान भइरहेको बताएका छन्।
त्यस्तै जेनजी आन्दोलनका क्रममा झापा,मोरङ र सुनसरीका विभिन्न स्थानमा भएका तोडफोड र आगजनीका घटनामा संलग्न भएको आरोपमा कुल ८९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसमध्ये झापाबाट ४६,मोरङबाट ३९ र सुनसरीबाट ४ जनालाई पक्राउ गरिएको छ। मोरङमा भदौ २४ गते विभिन्न स्थानमा भएको अराजक गतिविधिमा संलग्न ठानिएका ३९ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले दुई चरणमा पक्राउ गरेको जनाएको छ ।
प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार पहिलो चरणमा २१,दोस्रो चरणमा १० र इलाका प्रहरी कार्यालय रंगेली क्षेत्रमा तोडफोडमा संलग्न थप ८ जनालाई विशेष अपरेसनमार्फत नियन्त्रणमा लिइएको थियो । प्रहरीले सामाजिक सञ्जालमा भाइरल भएका भिडियो र फोटोका आधारमा पहिचान गरी पक्राउ प्रक्रिया अगाडि बढाएको जनाएको छ।
त्यसैगरी सुनसरीमा इटहरी क्षेत्रमा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा ४ जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशव थेवेले जानकारी दिएका छन् ।
