
Ppu

Gsb
Tsb
Hl1
Ssb
Usb

Nps
Rgu
ptl
झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकमा भएको आक्रमणसहितका घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकामध्ये १३ जनालाई झापा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
कारागार चलान हुनेहरुमा पाँचथर मिक्लाजुङ ५ बस्ने साजन लुहागुन (२१), इलाम चुलाचुली ३ बस्ने नकुल अधिकारी (२२), दमक ७ बस्ने लोमस कटुवाल (२४), दमक ७ बस्ने गौरव भुजेल (२०), पाँचथर मिक्लाजुङ ३ बस्ने सुशिल फियाक, दमक ७ बस्ने शिव मल्लिक (१९), इलाम चुलाचुली २ बस्ने दर्शन लिम्बू (२२), गौरादह ३ घर भई हाल दमक ९ बस्ने सुन्दर गिरी (१९), गौरीगञ्ज ३ बस्ने रमेश पासवान (४६) र सोही ठाउँका सोनु पासवान (१९) रहेका छन् ।
त्यस्तै यसअघि गत कात्तिक २७ गतेको आदेशले इलाम चुलाचुली ३ बस्ने सुजल राई (१९), दमक ९ बस्ने अरुण रोका (२६) र दमक ९ बस्ने गणेश शर्मा (१९) पनि पुर्पक्षका लागि जेल चलान भइसकेका थिए ।
यस्तै झापामा पक्राउ परेका अन्य व्यक्तिहरुमध्ये ४ जना नाबालकलाई भने अभिभावकको जिम्मा लगाइएको छ, जसमा दमक ३ बस्ने रियाज सिलवाल (१६), दमक ५ बस्ने सायल राई (१६), दमक ७ बस्ने शाखिब शेख (१७) र दमक ३ बस्ने आदित्य लिम्बू (१७) रहेका छन् ।
त्यस्तै दमक ९ बस्ने सन्तबहादुर मोते (३४) र दमक ८ बस्ने उमेश थापा (३६) जनही रु १ लाख ५० हजार धरौटीमा रिहा भएका छन् भने दमक ३ बस्ने केदार बस्नेत (२१) रु ३० हजार धरौटीमा छुटेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जेनजी आन्दोलनका क्रममा झापाका प्रहरी कार्यालयहरुमा आक्रमण गर्ने ४६ जना पक्राउ परेको जानकारी दिँदै १३ जना जेल चलान,४ जना अभिभावकको जिम्मा, ३ जना धरौटीमा रिहा, ७ जना हाजिरी जमानीमा छुटेको र बाँकीमाथि अनुसन्धान भइरहेको बताएका छन्।
त्यस्तै जेनजी आन्दोलनका क्रममा झापा,मोरङ र सुनसरीका विभिन्न स्थानमा भएका तोडफोड र आगजनीका घटनामा संलग्न भएको आरोपमा कुल ८९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसमध्ये झापाबाट ४६,मोरङबाट ३९ र सुनसरीबाट ४ जनालाई पक्राउ गरिएको छ। मोरङमा भदौ २४ गते विभिन्न स्थानमा भएको अराजक गतिविधिमा संलग्न ठानिएका ३९ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले दुई चरणमा पक्राउ गरेको जनाएको छ ।
प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार पहिलो चरणमा २१,दोस्रो चरणमा १० र इलाका प्रहरी कार्यालय रंगेली क्षेत्रमा तोडफोडमा संलग्न थप ८ जनालाई विशेष अपरेसनमार्फत नियन्त्रणमा लिइएको थियो । प्रहरीले सामाजिक सञ्जालमा भाइरल भएका भिडियो र फोटोका आधारमा पहिचान गरी पक्राउ प्रक्रिया अगाडि बढाएको जनाएको छ।
त्यसैगरी सुनसरीमा इटहरी क्षेत्रमा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा ४ जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशव थेवेले जानकारी दिएका छन् ।
