
Lnp
Sgr
cjs
Unsku
Ses
Pbu
Ggp
Rgp1
Rgp
Djs
Gfs
Srbpu
pku
Pes

Sls
Sbs
Wsp
Rgu
Tsm
Rsb
Ssm
nsb
Rgu
Bbu
Pvg
Ggd
Hal
Bbbpu
Ksm
Vor
Gst
Asm
Rgs

bbt
Pls
Gsb
Jmb
Ptm
Abd
Syp
Rpp
Bml
sab
Jmb
Mks
Rmb
दाङ । गढवा गाउँपालिकामा हेफर इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र (RWDC) को साझेदारीमा सञ्चालित “स्वस्थ माटोका लागि पुनरुत्पादनशील कृषि परियोजना” अन्तर्गत डिजिटल जियो–कृषि सेवा औपचारिक रुपमा लागू गरिएको छ ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा डिजिटल माध्यमबाट खरिद गरिएका कृषि सामग्रीहरुको वितरण गरिएको हो । अध्यक्ष पोख्रेलले डिजिटल माध्यमबाट कृषि उपकरण वितरण हुनु गढवाको कृषि क्षेत्रमा प्रविधिजन्य रूपान्तरणको महत्वपूर्ण कदम भएको बताउँदै किसानलाई “सस्तो, सुरक्षित र सहज” सेवा उपलब्ध गराउने लक्ष्यप्रति गाउँपालिका प्रतिबद्ध रहेको कुरा उल्लेख गरे ।
परियोजनाले स्थानीय किसानको लागत घटाउने, आधुनिक कृषि प्रविधिसम्म पहुँच पुर्याउने र उत्पादनशीलता वृद्धि गर्ने उद्देश्यका साथ डिजिटल सेवा सुरु गरेको हो । अब गढवाका किसानले बजार मूल्यभन्दा कममा ट्र्याक्टर,मिनि–टिलर,स्प्रे मेशिन, हाते औजार,ड्रिप–इरीगेसन सेट,सोलार पम्प, बीउ–विजन लगायतका उपकरणहरु डिजिटल जियो–कृषि प्लेटफर्ममार्फत सहजै अर्डर गर्न सक्नेछन् ।
डिजिटल सेवाले मूल्य पारदर्शी बनाउने,बिचौलियाको लागत घटाउने,आवश्यक सामान घरमै डेलिभरी गर्ने,अर्डरअनुसार उपलब्धता सुनिश्चित गर्ने जस्ता सुविधा प्रदान गर्ने जनाएको छ । यसबाट परम्परागत बजारमा खानुपर्ने समय,भाडा र अनिश्चित मूल्यका कारण किसानले भोग्दै आएका असुविधाबाट मुक्ति मिल्ने अपेक्षा गरिएको छ ।
त्यस्तै परियोजनाले उपकरण खरिदमा किस्ताबन्दीको व्यवस्था,सहकारीमार्फत सामूहिक खरिदमा छुट तथा प्राविधिक तालिम–परामर्श पनि उपलब्ध गराउने जनाएको छ । पुनरुत्पादनशील कृषि,जैविक विधि र स्वस्थ माटो प्रवर्द्धन गर्ने लक्ष्यसँगै डिजिटल सेवाले स्थानीय कृषिमा नयाँ प्रविधिको पूर्वाधार निर्माण गर्दै जाने विश्वास व्यक्त गरिएको छ ।
गढवा गाउँपालिका,हेफर इन्टरनेशनल र ग्रामीण महिला उत्थान केन्द्रको संयुक्त प्रयासमा सञ्चालन भइरहेको परियोजनाले डिजिटल कृषि प्रणालीलाई गाउँस्तरसम्म विस्तार गर्दै किसानको जीवनयापन र उत्पादनशीलता वृद्धि गर्ने लक्ष्य राखेको छ ।

