
Sgr
Gfs
Pes
Ggp
Lnp
Unsku
cjs
Djs
Srbpu
pku
Pbu
Rgp
Ses
Rgp1

Sls
Rsb
Pvg
Bbu
Hal
Rgu
Vor
Ssm
Wsp
Ksm
Sbs
Gst
Tsm
Rgs
nsb
Rgu
Asm
Ggd
Bbbpu

Rmb
Syp
Pls
Bml
Abd
Mks
Ptm
Jmb
Jmb
Gsb
bbt
sab
Rpp
दाङ । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीमा ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइएको छ ।
अपांगता भएका व्यक्तिहरुको अधिकार सुनिश्चितताको माग राख्दै समावेशी समाजको प्रवद्र्धनमा जोड दिदै दिवस मनाइएको हो । अपांगता भएका व्यक्तिहरुको हरेक क्षेत्रमा अर्थपूर्ण सहभागीताको आवाज समेत उठाइएको थियो ।
लुम्बनी प्रदेशमा अपांगता भएका व्यक्तिहरुले हर्षोल्लासका साथ अपांगता दिवस मनाएका छन् । प्रदेश राजधानीको प्रशासनिक परिसर क्षेत्रमा प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम गरेर दिवस मनाइएको हो । सामाजिक विकास मन्त्रालयसंग सहकार्यमा राष्ट्रिय अपांङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश लगायतका संघसंस्थाले दिवस मनाएका हुन् ।
महासंघकी लुम्बिनी प्रदेश उपाध्यक्ष देवा डाँगीको अध्यक्षता एवम् लुम्बिनी प्रदेश,सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिवाकर भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै निमित्त सचिव भण्डारीले अपाङ्गता भएका नागरिकहरुलाई सम्बोधन गर्ने गरी प्रदेश सरकारले प्रत्येक बर्ष कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताए ।
त्यस्तै उनले अपाङ्गता भएका नागरिकहरुलाई सिप, रोजगारी,तालिम,आर्यआर्जन,छात्रबृत्ति बितरण लगायतका कार्यक्रमहरुलाई निरन्तरता दिइएको बताए । लुम्बिनी प्रदेश योजना आयोगका सचिव खिमबहादुर कँवरले अब भौतिक विकास नभई सामाजिक विकास आवश्यक रहेको बताए । उनले नेतृत्वहरुमा अझै पनि सामाजिक विकासप्रति जागरण पैदा नभएका कारण अपाङ्गता भएका नागरिकहरु समाजमा अहिले पनि अपहेलनाको सामाना गर्नुपरेको बताए ।
यस्तै राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीले स्थानीय सरकार संग बजेट कम भए कै कारण अपाङ्गता भएका नागरिकहरुका लागि प्रशस्त कार्यक्रमहरु राख्न नसकिएको बताइन् । उनले अपाङ्गता भएका नागरिकहरुको समस्या बुझ्दाबुझ्दै पनि बजेट अभाबका कारण आवश्यक अनुसार कार्यक्रम राख्न नसकिएको बताइन् ।
महासंघका लुम्बिनी प्रदेश सह—सचिव मनोज पङ्गेनीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले अपाङ्गता भएका नागरिकहरु अहिले पनि सामाजिक,सांस्कृतिक,भौतिक संरचना,सूचना प्रविधि लगायतका अवरोधहरु रहेको र ती अवरोधहरु हटाउन साझा प्रयत्न आवश्यक रहेकोमा जोड दिएका थिए ।
उनीहरुले अपांगता भएका व्यक्तिहरुले अहिले पनि गास,बास,कपास,शिक्षा,स्वास्थ्य,रोजगारकै समस्या भोग्नु परिरहेको बताएका थिए । सो अवसरमा महासंघका पूर्व केन्द्रिय सदस्य चिन्तामणि पौडेल, गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेश सदस्य केशब भुसाल,पत्रकार सन्तोषकुमार गुप्ता र अपाङ्गताको तर्फबाट बसन्ती वली लगायतका बक्ताले बोलेका थिए ।
कार्यक्रममा अपाङ्गताको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै राप्ती गाउँपालिका महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जिवनकुमारी जिसीलाई सम्मान समेत गरिएको । उहाँलाई सम्मान—पत्र, दोसल्ला र मायाको चिनो सहित सम्मान गरिएको हो । कार्यक्रममा दोभासेको भूमिका स्मृति योगीले गरेकी थिइन भने कार्यक्रमको सञ्चालन महासंघका सचिव सन्तोष पन्थीले गरेका थिए ।
लुम्बिनी प्रदेशमा एक लाख २१ हजार दुई सय ८९ जना व्यक्ति अपाङ्गता :
लुम्बिनी प्रदेशमा कुल जनसंख्याको दुई दशमलव ३७ प्रतिशत अपांगता भएका व्यक्तिहरु रहेको तथ्यांक छ । जनगणना २०७८ का अनुसार प्रदेशमा एक लाख २१ हजार दुई सय ८९ जना व्यक्ति अपांगता भएको, जस मध्ये महिला ४५ दशमलव ८ प्रतिशत र पुरुष ५४ दशमलव २ प्रति रहेका छन् । अपांगताको १२ प्रकारका मध्ये सबैभन्दा धेरै शारिरीक अपांगता भएका व्यक्तिहरुको संख्या ४५ हजार पाँच सय ६९ रहेको छ भने अटिजम भएका व्यक्तिको संख्या ८ सय ५६ रहेको छ ।
त्यस्तै सामाजिक विकास मन्त्रालयका वरिष्ठ महिला विकास अधिकृत सम्झना सुवेदीले अझैं पनि अपांगता भएका व्यक्तिहरुलाई राज्यको मुलधारमा ल्याउनेगरी काम गरिनुपर्ने बताइन् । उनले लुम्बिनी प्रदेश सरकारले अपांगता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित हुनेगरी ऐन ल्याउने तयारी गरेको छ । जसका लागि सामाजिक विकास मन्त्रालयले प्रक्रियागत कामहरु अघि बढाएको समेत जानकारी दिइन् ।
