
Unsku
Lnp
Ses
Srbpu
Ggp
Rgp1
Pbu
Sgr
Rgp
Pes
cjs
Gfs
pku
Djs

Gst
Sbs
Rgu
Wsp
Asm
Ssm
Rgu
Ggd
Hal
Bbbpu
Tsm
Sls
Pvg
Rsb
Bbu
Ksm
Vor
Rgs
nsb

Jmb
Syp
Pls
Abd
Jmb
bbt
Rmb
Rpp
sab
Gsb
Bml
Mks
Ptm
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।
आयोगले स्वीकृत गरेको कार्यक्रम अनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ वजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ । मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदन/उजुरी माथि छानबिन गरी पुस २२ गते ३ बजेदेखि ४ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।
त्यस्तै पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम छ । पुस २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो १ बजेदेखि २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।
यस्तै पुस २८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट प्रदान गरिने छ । माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने गरी निर्वाचन कार्यक्रम स्वीकृत भएको छ । फागुन २० गते राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल सकिँदैछ ।
त्यस्तै कार्यकाल सकिन लागेकामध्ये बामदेव गौतम राष्ट्रपतिबाट मनोनित हुन् । बाँकी १८ पदका लागि निर्वाचन हुन लागेको हो । कोशी प्रदेशबाट तीन, मधेशबाट चार, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट दुई/दुई, लुम्बिनीबाट तीन सदस्य निर्वाचित हुने छन् ।
