
Pes
Rgp1
Pbu
Lnp
cjs
Djs
Sgr
Srbpu
Ses
Rgp
Ggp
Gfs
Unsku
pku

Tsm
Ggd
Pvg
Ksm
Rsb
Sbs
Hal
nsb
Gst
Wsp
Rgs
Asm
Rgu
Bbu
Sls
Rgu
Ssm
Vor
Bbbpu

bbt
Abd
Jmb
Gsb
Rpp
Pls
Ptm
Bml
Jmb
Mks
sab
Rmb
Syp
दाङ । जेनजीलाई बोल्न स्थान नदिइएको भन्दै लमहीका जेनजी बिपिन खनालले असन्तुष्टि व्यक्त गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टी लुम्बिनी प्रदेशको आयोजनामा शनिबार दाङको देउखुरी स्थित लमहीको बगैंचामा सम्पन्न भएको एकता सन्देश सभामा आफुलाई आफ्नो मनमा लागेको भनाई राख्न समय नदिएको भन्दै निवर्तमान संघीय सांसद मेटमणी चौधरी सामु खनालले असन्तुष्टि व्यक्त गरेका हुन् ।
खनालले सभामा देशका प्रमुख व्यक्तहरुको सामु र आम जनसमुदाय बीचमा आफुले केही मनमा लागेको भनाइहरु राख्न कार्यक्रम स्थलमा पुगेको तर, स्वयंसेवकहरुले आफुलाई अपमान जनक व्यवहार गरि पठाएकोमा निवर्तमान सांसद चौधरी सामु गुनासो पोखे । खनालले भने,अहिलेको समय देशमा जेनजीले उठाएका विभिन्न एजेन्डाहरु सम्बन्धि आफुले संक्षिप्त भनाई राख्न पुगेको भएपनि अपमान गरि फर्काएको बताए ।
खनालको असन्तुष्ठि भनाइलाई संबोधन गर्दै निवर्तमान सांसद चौधरीले भने त्यस दिनको कार्यक्रम सेडुल नै एकदमै टाइट रहेको बताए । कार्यक्रमको सेडुल टाइटकै कारण समय दिन नसकिएको चौधरीले बताए । कार्यक्रममा केन्द्रीय नेताहरु सहभागी हुनुहुन्थ्यो, हामीले उहाँहरुलाई समेत समय दिन सकेनौं चौधरीले भने । हरेक देशका शीर्ष नेताहरु सहभागी भएको कार्यक्रममा सेक्रेटरी टाइटनै हुन्छ,केही नबुझेर पनि हुनसक्छ,चौधरी खनाललाई भने ।
यस्ता कार्यक्रमहरुमा आयोजकसंग पुर्व समय मागेर गए राम्रो हुने चौधरीको भनाइ थियो । चौधरीले जेनजीको प्रमुख मागहरु आफुलाई जानकारी भएको हुँदा लमहीका जेनजीहरु एक समुहमा आफुसंग बस्ने बाताबरण मिलाएर भेट्न समेत आग्रह गरेका छन् । चौधरी सभा कार्यक्रमको संचालक समेत थिए ।
त्यस्तै उक्त भेटमा जेनजी खनालले लमही कोइलाबास सडक खण्डका वरपर र अन्य बस्तीहरुमा लगाउने भनिएको टिनको छाना, आधुनिकीकरण कृषि लगायतको विषयमा जानकारी लिएका थिए ।
खनालले उठाएको प्रश्नमा युवा नेता सुजन खनालले निवर्तमान सांसद चौधरीले गरेका विकास र पहलको बारेमा बताएका थिए । नेता खनालले सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्रका क्याम्पस, सामुदायिक विद्यालय,अस्पताल लगायतको पक्की भवन निर्माण गरेको बताए । यस्तै सिचाइ र तटबन्धका लागि ठुला अर्बौका योजनाहरु अघि सारेको जानकारी दिए ।
योजनाहरुको बारेमा बताएपछि जेनजी खनालले यति धेरै काम गरेर अहिलेसम्म किन जनता माझ नबताएको भनेर सोधेका समेत थिए । गरेका कामहरु जनता माझ बताए,सबैले बुझ्न सक्ने उनको भनाइ थियो ।
भेटघाटमा समाजसेवी घनश्याम सुवेदी,रबिन जिसी,सांसद चौधरीका सहयोगी मोहम्मद याकुब लगायतको उपस्थिति रहेको थियो ।

