
gms
Pbu
Gsbus
Csbus
Jsbus
Amb
Ddhbs
Gsl
Ratbs
Ssbus
Rbs
dsbus
Bksbus5
Syees
Nssbus7
syysr

Rsb
Ssm
Bbu
Tsm
Ksm
Wsp
Sbs
Rgu
Rgs
Vor
nsb
Bbbpu
Pvg
Hal
Gst
Sls
Rgu
Asm
Ggd

Pls
Abd
sab
Rpp
Gsb
Syp
Rmb
bbt
Ptm
Bml
Jmb
Jmb
Mks
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवादमा पहिलो किस्ता बुझाएर लाइन जोडेका उद्योगहरुले धमाधम दोस्रो किस्ता तिर्न थालेका छन् ।
विद्युत प्राधिकरणका अनुसार आज थप चार उद्योग गरी ६ उद्योगले दोस्रो किस्ताबापतको रकम तिरेका छन् । डेडिकेटेड फिडर तथा ट्रंकलाइन प्रयोग गरेर पहिलो किस्ता तिरेका उद्योगीहरु अशोक स्टील, हुलास र हामा स्टीलले दोस्रो किस्ता रकम तिरेका प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।
त्यस्तै उनका अनुसार प्राधिकरणले दोस्रो किस्ता रकम तिर्न पत्राचार गर्न थालेसँगै उद्योगीहरु धमाधम दोस्रो किस्ताको रकम तिर्न आएको बताए । उनले अहिलेसम्म अशोक स्टीलले ६३ लाख रुपैयाँ, हुलास स्टीलले ५० लाख ४३ हजार रुपैयाँ र हामा स्टीलले २० लाख ८९ हजार रुपैयाँ तिरेको बताए । यसैगरी शुभश्री अग्नि सिमेन्टले पनि दोस्रो किस्ताबापतको रकम तिरेको छ । शुभश्रीले ३ लाख ५३ हजार रुपैयाँ बुझाएको हो ।
यस्तै प्राधिकरणले लाइन काटेपछि उक्त रकम बराबरको पहिलो किस्ता तिरेका थिए । यसअघि सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टीलले पनि बक्यौताको दोस्रो किस्ता तिरिसकेका छन् । जसमा लक्ष्मी स्टीलको १९ करोड ३ लाख रुपैयाँ छ भने सर्वोत्तम सिमेन्टको ९ करोड ५७ लाख रुपैया कुल बक्यौता छ । प्राधिकरणले कुल बक्यौतालाई २८ किस्तामा तिर्ने सुविधा दिएको छ । गत कार्तिकमा बक्यौता नतिरेको भन्दै प्राधिकरणले २५ उद्योगहरुको लाइन काटेको थियो ।
प्राधिकरणले लाइन काटेसँगै उद्योगहरुले पहिलो किस्ता बुझाएका थिए । उच्च सरकारी तहमा भएको समझदारीअनुसार पहिलो किस्तालाई ‘धरौटी’ मानेर कानुनी उपचार (पुनरवलोकन) मा जाने भनिए पनि प्राधिकरणले त्यसलाई नियमित किस्ताकै रूपमा अघि बढाएको छ । प्राधिकरणले प्रशासकीय पुनरवलोकनको प्रक्रिया नब्युताइँ नियमित किस्ता असुलीको प्रक्रिया थालेको छ ।
त्यस्तै २०७२ माघदेखि २०७५ वैशाखसम्म प्रिमियम महसुलबापत ३५ उद्योगका कुल ५ अर्ब ९४ करोड ५६ लाख रुपैयाँ बक्यौता थियो । लोडसेडिङको समयमा विद्युत् उपभोग गरेका यी उद्योगहरूबाट हालसम्म २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ असुल भइसकेको छ भने अब ५ अर्ब ७० करोड ६८ लाख रुपैयाँ उठ्न बाँकी छ ।रातोपाटी
