
pku
Ggp
Gfs
Pes
Unsku
Lnp
Djs
Rgp
Pbu
Ses
Srbpu
Rgp1
Sgr
cjs

Ssm
Vor
Sbs
Rgu
Tsm
Ksm
Bbbpu
Wsp
Pvg
Rgu
Gst
nsb
Rsb
Rgs
Asm
Bbu
Hal
Sls
Ggd

Gsb
Abd
Rpp
Jmb
Syp
bbt
Jmb
Bml
Mks
Rmb
Ptm
sab
Pls
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर –३ सिरिचौरमा सञ्चालन हुँदै आएको शुक्रबारे साप्ताहिक कृषि हाटबजारमा विद्युत बत्ती जडान गरिएको छ । गाउँपालिका र बेस संस्थाको सहकार्यमा पहिलो चरणमा ६ वटा सर्फेस लाइट जडान गरिएको हो।
बत्ती जडान भएपछि कृषकहरूलाई साँझसम्म पनि आफ्ना उत्पादन बिक्री गर्न थप सहज भएको छ। यो वर्ष हाटबजार क्षेत्रको संरचना निर्माण तथा व्यवस्थापनलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पहिलो चरणमा विद्युत व्यवस्था सुरु गरिएको जानकारी दिए ।
त्यस्तै उनका अनुसार सो क्षेत्र वन क्षेत्रअन्तर्गत पर्ने भएकाले योजना अनुसार काम गर्न केही चुनौती रहेको छ । हाल सञ्चालन हुँदै आएको हाटबजारमा राप्ती गाउँपालिका मात्र नभई छिमेकी पालिकाका कृषकहरू समेत आफ्ना कृषि उपज बिक्रीका लागि आउने गरेका छन् । बत्ती जडान भएपछि हाटबजारको गतिविधि अझै व्यवस्थित हुने अपेक्षा राखिएको छ।
