
pku
Rgp1
Lnp
Pes
cjs
Rgp
Sgr
Gfs
Ses
Pbu
Unsku
Ggp
Djs
Srbpu

Rgs
Wsp
Rsb
Hal
Asm
nsb
Gst
Bbbpu
Vor
Sbs
Pvg
Ssm
Ggd
Tsm
Rgu
Rgu
Sls
Bbu
Ksm

Rmb
Abd
Jmb
Syp
sab
Mks
Gsb
Bml
Jmb
Pls
Ptm
Rpp
bbt
दाङ । गढवा गाउँपालिका ६ नम्बर वडा कार्यालयले टोल विकास संस्थाहरुलाई बैधानिकता प्रदान गरि भौतिक निर्माण तथा सामाजिक विकासका कामहरुलाई सञ्चालन गर्ने अभियानमा जुटेको छ ।
शनिवार वडाका २२ वटा टोल विकास संस्थाका अगुवाहरुलाई आमन्त्रण गरि टोल विकास संस्थाहरु मार्फत गरिने कामहरुका बारेमा अन्तरक्रिया गरि जानकारी गराइएको वडा अध्यक्ष बिरबहादुर आले मगरले बताए ।
कार्यालयले जनतासंग जनप्रतिनिधी अभियानको कार्यक्रम सञ्चालन गरि सबै टोलहरुबाट जनताका सुझावहरु संकलन गरेको र सोहि बमोजिम सबै टोलहरुमा टोल बिकास संस्था गठन गरेको वडा सदस्य दिनमणि आचार्यले जानकारी दिए ।
गढवा गाउँपालिकाले टोल विकास संस्था गठन तथा परिचालन सम्वन्धि कार्यविधि तयार गरेको र सोहि कार्यबिधि बमोजिम विधान तयार गरि आवश्यक डकुमेण्टेशन साथ टोल विकास संस्थाहरुलाई कार्यालयमा दर्ता गरि बैधानिकता दिइने बताइएको छ । दर्ता प्रकृयासंगै चालु आबदेखि भौतिक तथा सामाजिक विकास निर्माणका सबै कामहरुलाई टोल विकास संस्थाहरुको अगुवाईमा सञ्चालन गरिने योजना रहेको वडा अध्यक्ष आले मगरले बताए ।
यसबर्ष पनि सबै टोल बिकासका क्षेत्रहरुमा पुगी जनतासंग–जनप्रतिनिधी अन्तरक्रियाहरु गरिने छ । सबै टोलहरुमा आवश्यक समस्याहरु पहिचान गरि जनताहरुको माग बमोजिम निती कार्यक्रम तथा बजेट ब्यवस्थापन गरि विकास निर्माणका कामहरुलाई तदारुकतासाथ अगाडी बढाइने छ–वडा सदस्य गोबिन्दा रोका मगरले भने । यो अभियान मार्फत काम गर्दा जनताहरुले जस दिने र सबै टोलहरुमा समानूपातिक विकास हुने रोकाले बताए ।
गढवा गाउँपालिकाले सबै वडाहरुमा टोल विकास संस्थाहरु मार्फत भौतिक एवं सामाजिक विकासका कामहरु सञ्चालन गर्ने अवधारण बमोजिम कार्यविधि बनाएको र वडा नम्बर ५ र ६ बाट यो अभियान सुरुवात गरिएको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलले बताए । यो अभियानको प्रतिफल सकारात्मक देखिएको पनि शर्माले बताए ।
वडा अध्यक्ष विरबहादुर आले मगरको अध्यक्षतामा भएको अन्तरक्रियामा गढवा गाउँपालिका योजना शाखाका प्रमुख रेमलाल शर्माले टोल विकास संस्था गठन तथा परिचालन कार्यविधि, संस्थाका क्षेत्राधिकार एवं योजनाका चरण उपभोक्ता समिती गठन देखि फरफारका सम्मका प्रकृयाहरु र योजना पुस्तिकाका बारेमा जानकारी गराए ।
यसैगरी प्राविधिक शाखाका प्रमुख विनय कुमार यादवले प्राबिधिक लागत स्टिमेट र मुल्यांकनका प्रकृयाबारे टोल विकासका पदाधिकारीहरुलई जानकारी दिए । कार्यक्रममा वडा अध्यक्ष बिरबहादुर आलेले टोल विकासका अगुवाहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिएका थिए ।
सो अवसरमा वडा सदस्यहरु दिनमणि आचार्य, गोविन्दा रोका मगर तथा टोल विकास संस्थाका अगुवाहरु चन्द्रराज पाण्डे,कपिलदेव खनाल,युवराज आचार्य,जितबहादुर आले,तुल्सा योगि,हिमा नेपाली, मनिषा चौधरी,रेशम बुढाथोकी,भागवत यादव र रामकेतार यादव लगायतले बोलेका थिए ।
कर्मचारी मुस्कान बिकको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण वडा सचिव बिष्णु बिसीले गरेका थिए । कार्यक्रममा २२ वटै टोल विकास संस्थाहरुलाई कार्यालय सञ्चालनका सामाग्रीहरु तथा झोलाहरु समेत वितरण गरिएको थियो ।

