
Sgr
Unsku
Rgp
Ses
Gfs
cjs
Pes
Ggp
Lnp
pku
Rgp1
Pbu
Djs
Srbpu

Rgu
Hal
Sbs
Wsp
Gst
Ksm
Vor
Rgu
Rsb
Ggd
Asm
Rgs
Tsm
nsb
Pvg
Bbbpu
Bbu
Ssm
Sls

Gsb
Rpp
Ptm
bbt
Jmb
Jmb
Mks
sab
Bml
Abd
Syp
Rmb
Pls
दाङ । धानखोला–लमही सडक खण्डलाई चार लेनमा विस्तार गर्नुपर्ने मागसहित स्थानीयवासीहरुले राप्ती गाउँपालिकामा ज्ञापनपत्र बुझाएका छन् ।
‘धानखोला–लमही चार लेन सडक निर्माण संघर्ष अभियान’ का संयोजक प्रकाश शाहीले शुक्रबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टलाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा उल्लेख भएअनुसार मंसिर ९ गते एमसिई नेपालका प्रतिनिधिसँग भएको भेटघाटमा धानखोला–लमही सडक खण्डलाई दुई लेनमै अघि बढाउने तयारी भइरहेको जानकारी दिइएको थियो । स्थानीयको लगातारको सुझाव र राजधानी क्षेत्रको विकास सम्भावनालाई हेर्दा चार लेन आवश्यक रहेको भन्दै स्थानीयहरूले आपत्ति जनाएका छन् ।
लुम्बिनी प्रदेशको राजधानी देउखुरी क्षेत्र तीव्र शहरीकरणतर्फ अघि बढिरहेको अवस्थामा धानखोला–लमही सडक खण्ड भविष्यको नगर संरचना,व्यापारिक केन्द्र र कनेक्टिभिटीको मेरुदण्ड बन्ने उल्लेख गरिएको छ । ज्ञापनपत्रमा भनिएको छ, “दुई लेन सडकले प्रदेश राजधानी क्षेत्रको दीर्घकालीन आवश्यकता धान्न सक्दैन । चार लेनमा विस्तार नगर्ने निर्णयले विकासका सम्भावित योजनामा अवरोध उत्पन्न हुनेछ ।”
मंसिर १० गते प्रदेशका मुख्यमन्त्रीसँग भइसकेको भेटमा पनि चार लेन विस्तारको माग राखिएको उल्लेख गर्दै, अहिले एमसिई नेपालले टेन्डर प्रक्रिया दुई लेनकै मोडालिटीमा अघि बढाउन खोज्नु जनताको चाहनाबिपरीत भएको संघर्ष समितिको आरोप छ । सडक खण्ड विस्तार नहुँदा स्थानीय यातायात पहिरिन, व्यवसाय विस्तार रोकिन र भविष्यमा महानगरीय संरचना बनाउने योजनामा प्रतिकूलता आउने स्थानीयको तर्क छ । देउखुरी क्षेत्रको आन्तरिक सञ्जाल, आर्थिक केन्द्र र राजधानी विकासका लागि यो सडक चार लेनमा उन्नयन गर्नु अपरिहार्य रहेको समितिले जनाएको छ ।
ज्ञापनपत्रमा चेतावनी दिँदै भनिएको छ, “जनताको जायज माग सम्बोधन नगरी दुई लेनकै बाटो अघि बढाइएमा चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुनेछौँ ।”संघर्ष अभियानका संयोजक शाहीका अनुसार,यो मुद्दा मुलुकको दीर्घकालीन पूर्वाधार,प्रदेश राजधानीको रणनीतिक योजना र जनताको मागसँग प्रत्यक्ष सम्बन्धित भएकाले कुनै पनि निर्णय सावधानीपूर्वक लिनुपर्ने आवश्यकता छ । राप्ती गाउँपालिकाले ज्ञापनपत्र ग्रहण गर्दै विषयलाई सम्बन्धित तहमा पठाइने प्रतिक्रिया दिएको छ ।लुम्बिनी सञ्चार 
