
cjs
pku
Lnp
Ggp
Pes
Sgr
Rgp
Djs
Unsku
Ses
Srbpu
Pbu
Gfs
Rgp1

Bbu
Vor
Asm
Rgu
Ksm
Rgs
Pvg
nsb
Rsb
Bbbpu
Ssm
Sls
Rgu
Sbs
Gst
Wsp
Ggd
Tsm
Hal

Jmb
Jmb
Abd
Rmb
Rpp
Gsb
Ptm
Syp
Bml
sab
Mks
bbt
Pls
दाङ । राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले भ्रमपूर्ण समाचारबाट जनतालाई भ्रमित नहुन आग्रह गरेका छन् । अध्यक्ष विष्टले गत मंसिर ६ गते एक अनलाइनमा प्रकाशित ‘राप्ती गाउँपालिकाका अध्यक्ष विष्टको क्लिनिकमा सरकारी चिकित्सक, नदीमा अवैध उत्खनन् र दोहन’ शीर्षकको समाचारसम्बन्धी जानकारी दिँदै तथ्यहीन समाचारमा भ्रमित नहुने सबैलाई अनुरोध गरेका हुन् । उनले ११ मंसिरमा घोराही स्थित पत्रकार महासंघको सभाहलमा पत्रकार सम्मेलन मार्फत राप्ती गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको पनि बताए ।
अध्यक्ष विष्टका अनुसार,सरकारी अस्पतालमा सेवा लिन आएका बिरामीलाई त्यहाँका केही स्वास्थ्यकर्मीले सेवा नदिएर फर्काएको घटनापछि, बिरामीको आग्रहअनुसार आफूले ड्युटी सकेर खाना खान गएका डाक्टरलाई इमर्जेन्सीमा हेर्न लगाएर राप्ती आधाभूत अस्पतालमा भर्ना गराएर उपचार गराएका हुन् । उनले भने, “पहिले धेरै बिरामीले सेवा नपाएको गुनासो बढेपछि कार्यपालिकाको निर्णय अनुसार स्वास्थ्यकर्मी साजन रोकाय र मेखराज खत्रीलाई कारबाही गरिएको छ । नागरिक सेवामा लापरबाही गरेका कारण ती दुई स्वास्थ्यकर्मीलाई कारबाही गरिएको हो।”
त्यसैगरी,राप्ती नदीमा बिना अनुमति राति ढुङ्गा उत्खनन् र निकासी भइरहेको पाएपछि पालिकाले तत्काल कारबाही अगाडि बढाएको उनले जानकारी दिए । “नेपाल प्रहरीले एक हप्ता अघि नै नदीजन्य पदार्थ चोरी र निकासी भएको पत्ता लगाइ सकेको थियो । नदीको छेउमा प्रमाणित नगरेको ५५ ट्याक्टर ढुङ्गा फेला पारेर गाउँपालिकामा पठाइएको थियो । यस्ता वैधानिक कारबाहीपछि असहज भएका केही समूह तथा उनीहरुसँग नजिक रहेका सञ्चारमाध्यमले पालिकालाई बदनाम गर्ने उद्देश्यले भ्रमपूर्ण समाचार प्रकाशित गरेका छन्,” अध्यक्ष विष्टले बताए ।
स्थानीय प्रशासनको सुशासन र पारदर्शिताको पक्षमा एकदमै प्रतिबद्ध रहेको बताउँदै,उनले राप्ती बासीहरुलाई यस्ता भ्रमपूर्ण समाचारको पछि नलाग्न आग्रह गरे । “गाउँपालिकाले गरेका हरेक गतिविधिका बारेमा पत्रकार तथा सञ्चारकर्मीहरुले जानकारी पाउँछन् । केही व्यक्तिको सीमित स्वार्थका कारण पत्रकारिताको आडमा भइरहेको गतिविधिले सिंगो गाउँपालिकालाई नै क्षति पुर्याउँछ । कुनैपनि विषयमा सत्य,तथ्य र अर्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्न सबै मिडिया तथा सञ्चार माध्यमलाई अनुरोध गर्दछु,”उनले भने ।
अध्यक्ष विष्टले फोहोरमैला व्यवस्थापनसम्बन्धी पनि जानकारी दिँदै भने,कि गाउँपालिकाले २०८० साल साउन २५ गतेदेखि नौवटै वडाबाट संकलन भएको फोहोर राप्ती–२ स्थित पुन्यपुर क्षेत्रमा व्यवस्थापन गर्दै आएको छ । त्यहाँ सरसफाइ केन्द्र स्थापना गरी प्लास्टिकजन्य ९५ प्रतिशत फोहोर त्यही व्यवस्थापन गर्दै ब्लक निर्माणको काम भइरहेको छ। बाँकी पाँच प्रतिशत गल्ने फोहोरबाट मल बनाउने र सिसाजन्य फोहोरलाई फरक तरिकाले व्यवस्थित गर्ने काम भइरहेको उनले बताए ।
उनले थपे कि,संघबाट प्राप्त बजेट प्रदेश सरकारले कार्यान्वयनमा नल्याउँदा सरसफाइ केन्द्रमा सेग्रेगेशनमा समस्या आएको छ। केन्द्रमा फोहोर जम्मा भएको कारण स्थानीयको असन्तुष्टि रहेको र यसलाई सरसफाइ केन्द्रको रुपमा स्थापित गर्न आवश्यक प्रक्रिया अघि बढाइएको अध्यक्ष विष्टले जानकारी दिए ।
त्यसैगरी,राप्ती आधाभूत अस्पतालका एमडिजिपी डाक्टर सुशील केसीले पनि आफू ड्युटी सकेर रुममा गएपनि बिरामीको मानविय धर्म अनुसार जाँच गरी उपचार गरेको र समाचारमा तथ्यहीन विवरण प्रकाशन भएको बताए । “बिरामीको अवस्था गम्भीर भएकोले क्लिनिकमा इमरजेन्सी जाँच गरी अस्पतालमै भर्ना गराएको हुँ । घर छोडेर बिरामीको सेवा गर्न गएको बेला भ्रमपूर्ण समाचार आउँदा काममा कठिनाइ हुन्छ र नैराश्यता पनि पैदा हुन्छ। त्यसैले सत्यतामा रहेर समाचार प्रकाशन गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्दछु,” डाक्टर केसीले भने ।
राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले पत्रकारिताको आचारसंहितामा रहेर मात्र समाचार लेख्नुपर्ने र हरेक पत्रकारले सत्य र तथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका थिए । पत्रकार सम्मेलनको सञ्चालन गाउँपालिकाका प्रेस संयोजक तुलबहादुर कवँरले गरेका थिए ।
