Sidha Patra शुक्रबार, फाल्गुण १४, २०७७

सुर्खेत । व्यवस्थित बसोबासको माग गर्दै कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका वादी समुदाय बिरामी पर्न थालेका छन् ।

जेष्ठ नागरिक,महिला तथा बालबालिका बिरामी पर्न थालेका हुन् । खुल्ला चौरमा चार दिनदेखि दिनरात धर्नामा बसेका उनीहरू बिरामी पर्न थालेका वादी समुदायका अगुवा हिकमत वादीले जानकारी दिनु भयो।

त्यस्तै हिकमतका अनुसार उनीहरुमा झाडापखाला, रुघाखोकी र ज्वरोको समस्या देखिएको छ । ‘दिउँसोको चर्काे घाम र रातिको चिसोले पनि होला झाडापखाला, रुघाखोकी र ज्वरोका बिरामी बढेका छन्,उहाँले भन्नु भयो । आज दिउँसो त केही महिला एक्कासी बेहोस भए, राम्रोसँग खान नपाउँदा पनि समस्या भएको छ । बिरामी परेका केहीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको उहाँले जानकारी दिनु भयो ।

यस्तै खेती गर्न स्थायी लालपूर्जा सहितको जमिन बस्नका लागि घर र रोजगारीको माग गर्दै दैलेख र कालिकोटका वादी समुदायहरू कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडिको खुला चौरमा धर्नामा बस्दै आएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]