
Ksb
Ksb
Ssb
Usb
Rsb
Rks
Ppu
Bsn
Csb
Ssb
Gsb
Nsb
Tgp
Ksb

Usb
Hl1
Gsb
Ssb
Tsb

Nps
ptl
Rgu
दाङ । नगरपालिका निवासी सिता चौधरीले कुसन र डल बनाउने तालिम दिइन् । तालिमबाट यो सिप सिक्यौं, कुसन र डल बनाउन सिकेपछि आयआर्जन गर्ने राम्रो बाटो खुलेको छ–गढवा गाउँपालिका वडा नम्बर ५ प्रनाहा निवासी निर्मला चौधरीले भनिन् ।
आरम्भ चौतारी लघुवित्त वित्तिय संस्थामा आवद्ध भएपछि पहिलो पल्ट कुसन र डल बनाउने तालिम पाएँ । यो तालिमले आत्मनिर्भर बन्न सक्ने बलियो सिप सिकायो । अब कुसन र डल बनाएर राम्रो आम्दानी गर्न सकिने इच्छा पलाएको छ–लमही ८ बिजुलीपुरकी रेनु चौधरीले भनिन् । हामीले बनाएका जत्तिपनि कुसन र डल हामीलाई सिकाउने प्रशिक्षकले बजारीकरण गरिदिने भन्नु भएको छ । अब यहि काम गरेर आम्दानीको स्रोत बन्ने भयो र लघुवित्तको किस्ता र ब्याज बुझाउन पनि सजिलो हुने भयो–राजपुर गाउँपालिका ५ निवासी संगिता चौधरीले भनिन् । उनिहरु जस्तै राजपुर, लमही र गढवाका २० जना महिलाहरुलाई आरम्भ चौतारी लघुवित्त संस्थाले सिप सिकाएपछि आयआर्जनको बाटो खुलेको छ ।
कुसन र डल जत्तिसुकै उत्पादन गरेपनि बिक्रीगर्ने बजारको कमी नभएको र आफूले उत्पादन गरेको सामानले बजारमा भ्याइ नभ्याई भएकोले जत्ति उत्पादन गरेपनि खपत गर्न सकिने लमही निवपासी प्रशिक्षक सिता चौधरीले बताउँछिन । सिप सिकाउने संस्थाहरु वा राज्यका निकायहरुले सिप सिकेका जनशक्तिलाई रोजगारमा जोड्न सक्नुपर्छ–उनले भनिन् ।
आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लि. को गढवा र राजपुर शाखाको संयुक्त आयोजनामा गढवामा ३ दिने कुसन बुन्ने तालिम सम्पन्न भएको छ । संस्थाका गढवा शाखा प्रमुख रमिता पुनको अध्यक्षता र गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओंमप्रकाश बसेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको कुसन र डल बनाउने तालिममा सहभागि महिला दिदीबहिनीहरुले सिप सिकेर स्वरोजगार बन्नसक्ने भएको बताएका छन् ।
कार्यक्रममा संस्थाका लुम्बिनी प्रदेश अनुगमन प्रमुख दिपा ज्ञवालीले लघुवित्तको कर्जा जोखिमलाई न्यूनीकरण गर्न र समूह सदस्यहरुलाई आयआर्जनको बाटो खोल्न यस्ता सिपमुलक तालिमहरुले ठूलो टेवा पुग्ने भएकोले दाङमा पहिलो पल्ट यो अवधारण ल्याइएको बताइन् । सिप सिकेर सबै दिदीबहिनीहरु खुसी हुनुहुन्छ उनले भनिन् । कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओंम प्रकाश बसेलले महिलाहरुले उत्पादन गरेका डल तथा कुसनहरु बजारीकरणमा संघले पनि सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
