
Unsku
Pes
Djs
Lnp
cjs
Ggp
Gfs
Ses
Srbpu
Rgp
Sgr
Pbu
Rgp1
pku

Rgu
Rgu
Bbbpu
Sls
Rsb
Vor
Ssm
Ggd
Ksm
Asm
nsb
Gst
Wsp
Sbs
Hal
Rgs
Pvg
Bbu
Tsm

Abd
Pls
Rpp
Rmb
Jmb
Syp
bbt
Ptm
Mks
Gsb
sab
Bml
Jmb
दाङ । नगरपालिका निवासी सिता चौधरीले कुसन र डल बनाउने तालिम दिइन् । तालिमबाट यो सिप सिक्यौं, कुसन र डल बनाउन सिकेपछि आयआर्जन गर्ने राम्रो बाटो खुलेको छ–गढवा गाउँपालिका वडा नम्बर ५ प्रनाहा निवासी निर्मला चौधरीले भनिन् ।
आरम्भ चौतारी लघुवित्त वित्तिय संस्थामा आवद्ध भएपछि पहिलो पल्ट कुसन र डल बनाउने तालिम पाएँ । यो तालिमले आत्मनिर्भर बन्न सक्ने बलियो सिप सिकायो । अब कुसन र डल बनाएर राम्रो आम्दानी गर्न सकिने इच्छा पलाएको छ–लमही ८ बिजुलीपुरकी रेनु चौधरीले भनिन् । हामीले बनाएका जत्तिपनि कुसन र डल हामीलाई सिकाउने प्रशिक्षकले बजारीकरण गरिदिने भन्नु भएको छ । अब यहि काम गरेर आम्दानीको स्रोत बन्ने भयो र लघुवित्तको किस्ता र ब्याज बुझाउन पनि सजिलो हुने भयो–राजपुर गाउँपालिका ५ निवासी संगिता चौधरीले भनिन् । उनिहरु जस्तै राजपुर, लमही र गढवाका २० जना महिलाहरुलाई आरम्भ चौतारी लघुवित्त संस्थाले सिप सिकाएपछि आयआर्जनको बाटो खुलेको छ ।
कुसन र डल जत्तिसुकै उत्पादन गरेपनि बिक्रीगर्ने बजारको कमी नभएको र आफूले उत्पादन गरेको सामानले बजारमा भ्याइ नभ्याई भएकोले जत्ति उत्पादन गरेपनि खपत गर्न सकिने लमही निवपासी प्रशिक्षक सिता चौधरीले बताउँछिन । सिप सिकाउने संस्थाहरु वा राज्यका निकायहरुले सिप सिकेका जनशक्तिलाई रोजगारमा जोड्न सक्नुपर्छ–उनले भनिन् ।
आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लि. को गढवा र राजपुर शाखाको संयुक्त आयोजनामा गढवामा ३ दिने कुसन बुन्ने तालिम सम्पन्न भएको छ । संस्थाका गढवा शाखा प्रमुख रमिता पुनको अध्यक्षता र गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओंमप्रकाश बसेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको कुसन र डल बनाउने तालिममा सहभागि महिला दिदीबहिनीहरुले सिप सिकेर स्वरोजगार बन्नसक्ने भएको बताएका छन् ।
कार्यक्रममा संस्थाका लुम्बिनी प्रदेश अनुगमन प्रमुख दिपा ज्ञवालीले लघुवित्तको कर्जा जोखिमलाई न्यूनीकरण गर्न र समूह सदस्यहरुलाई आयआर्जनको बाटो खोल्न यस्ता सिपमुलक तालिमहरुले ठूलो टेवा पुग्ने भएकोले दाङमा पहिलो पल्ट यो अवधारण ल्याइएको बताइन् । सिप सिकेर सबै दिदीबहिनीहरु खुसी हुनुहुन्छ उनले भनिन् । कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओंम प्रकाश बसेलले महिलाहरुले उत्पादन गरेका डल तथा कुसनहरु बजारीकरणमा संघले पनि सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
