
Ppu
Usb
Ksb
Ksb
Ssb
Bsn
Csb
Gsb
Rks
Ssb
Ksb
Tgp
Rsb
Nsb

Gsb
Hl1
Ssb
Tsb
Usb

Rgu
ptl
Nps
दाङ । अमिलिया-तुलसीपुर जोड्ने सडक खण्डमा ढुंगा,माटो सहितको सुक्का पहिरो झरेर बाटो अबरुद्ध भएको थियोे ।
गत हप्ता सिधा-पत्र अनलाइन टिभीको टिमले उक्त समस्या बारेमा रिपोर्टिङ गरेर ध्यानाकर्षण गराएको थियो । सो रिपोर्टिङ संवादमा सडक डिभिजन कार्यालय घोराही दाङका कार्यालय प्रमुख सि.डि. ई.दिपेन्द्र बहादुर विष्टले एक हप्ता भित्र अबरुद्ध सडक पन्छाउने प्रतिबद्धता जनाएका थिए ।
सोही बमोजिम एक हप्ता नबित्दै सडक डिभिजन कार्यालय घोराही दाङले अबरुद्ध सडक ढुंगा सहितको माटो पन्छ्याएर सवारी आवागमनमा सहज बनाएको प्रमुख विष्टले जानकारी दिए ।
त्यस्तै उक्त सडक भएर हजारौं यात्रुहरु रोल्पा,सल्यान, रुकुम,जाजरकोट जाने गर्छन् । यसैगरी हरेक कार्यालयका प्रमुखहरुको तत्काल ध्यानाकर्षण भएर समस्या समाधान तिर लागे आम नागरिकले अनावश्यक सास्ती खेप्नु पर्दैन ।
