
Pes
Lnp
Rgp1
Srbpu
cjs
Pbu
Ses
Gfs
Djs
Rgp
pku
Ggp
Sgr
Unsku

Rgs
Ggd
Gst
Wsp
Pvg
Bbbpu
Sbs
Tsm
Rgu
Rgu
Vor
Ssm
Asm
Rsb
Ksm
Bbu
Hal
Sls
nsb

Gsb
Syp
Rpp
Pls
Bml
Mks
Jmb
Jmb
Abd
Ptm
Rmb
bbt
sab
दाङ । लमही खानेपानीको आफ्नै भवन बन्ने भएको छ । सोमवार लमही नगरपालिका वडा नम्बर ५ रातो डाँडा स्थित लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ ।
खानेपानी आयोजना व्यवस्थापन कार्यालय नेपालगंजका कार्यालय प्रमुख देवेन्द्र कुमार झा र लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष सनम कुमार पौडेलले संयुक्त रुपमा एक समारोहकाबीच उक्त भवनको शिलन्यास गरेका हुन् । नेपाल सरकार खानेपानी मन्त्रालय अन्तरगत ३५ करोड ३५ लाख १५ हजार ९ सय ८० रुपैयाँको लागतमा भवन बन्न लागेको भवनको शिलन्यास आरम्भ गरिएको हो ।
जसअन्तरगत खानेपानी कार्यालयको परिसर भित्र र लमही नगरपालिका वडा नम्बर ६ देउपुरमा गरि २५ सय घरधुरीलाई नयाँ धारा जडानको लागि दुईवटा ओभर हेड खानेपानीको टंकी निर्माण हुन लागेको लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका सचिव बसन्त आचार्यले जानकारी दिए । उनका अनुसार १२ वटा सुविधा सम्पन्न सहितको दुई तले पक्की भवनको २०८२÷३÷१२ गते कार्यआदेश पाइ २०८२÷३÷२५ गतेबाट योजनाको काम सुरु भइ २०८४÷३÷२४ योजना सम्पन्न हुने लक्ष्यसहित निर्माणको जिम्मा स्वीकार कन्ट्रक्सन प्रालिले पाएको छ ।
बढ्दो मानव वस्तीसँगै खानेपानीको पनि समस्या बढ्दै गएको हुदाँ अबको योजना भनेको दीर्घकालीन सोचका साथ खानेपानीको आपूर्तिका लागि आफुले ध्यान दिएको लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष सनम कुमार पौडेलले बताए । योजनाको शिलान्यास गर्दै अध्यक्ष पौडेलले खानेपानीको समस्या स्थायीरूपमा सामाधान गरिने बताए । ‘लमही खानेपानी परिसरमा प्रशासनिक भवनको आज मैले शिलन्यास गर्दा मैले सम्मान सहित गहिरो जिम्मेवारी महसुस गरेको छु ।
सामाजिक न्याय र समावेशी तरिकाले हामीले काम गरिरहेका छौँ,खानेपानी अध्यक्ष पौडेलले भने,–। ‘भवन बनेसँगै उपभोक्तालाई सेवा सहज बन्ने छ । हाल बसेको भवनबाट प्रभावकारी सेवा दिन नसकेको र आधुनिक र सुविधासम्पन्न भवन बनाउन लागिएको हो ।’ ‘हामी घोषणा भन्दा पनि कार्यान्वयनमा ध्यान दिन्छौँ ।
लमही खानेपानी परिसर भित्र र देउपुरमा गरेर दुईवटा ओभरहेट खानेपानीको टंकी निर्माणको योजनालाई दोस्रो चरणको कामको लागि शिलान्यास गर्ने तयारी भइरहेको छ । लमहीको खानेपानीको समस्या स्थायी रुपमा सामाधन हुने छ ।’ उनले स्वच्छ र शुद्ध खानेपानीको आमनागरिकलाई पुर्याउने संस्थाले पानीको श्रोत संरक्षणको नीति लिएको बताए ।
