
lnp
Rgp
Ggp
Jns
Dbs
ksb
Lnp
Ggp
Pbu
Dus
Rgp
Rgp
Rgp
Lks
Sgp
Usb
Asb


दाङ । विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका दाङसँगको समन्वयमा नामसालिङ सामुदायिक विकास केन्द्र द्वारा सञ्चालित “एकीकृत सामुदायिक विकास परियोजना”अन्तर्गत तयार र कार्यान्वयनमा रहेको जलवायु अनुकूलित गाउँ योजनाको पुनरावलोकन तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ।
योजना राप्ती गाउँपालिकाका तीन समुदाय बगासोती,भुल्के र रुपाकोटमा तयार गरी पाँच वर्षदेखि कार्यान्वयनमा रहेको थियो । कार्यक्रम अन्तर्गत राप्ती गाउँपालिका–१ बगासोती, गाउँपालिका–५ भुल्के र गाउँपालिका–९ रुपाकोटमा पुगेर योजनाको अवस्थाबारे विस्तृत समीक्षा गरिएको जनाएको छ ।
स्थानीय बासिन्दा,सरोकारवाला तथा जनप्रतिनिधिहरुको उपस्थितिमा योजनाहरुको कार्यान्वयन अवस्था,सम्पन्न गतिविधिबाट समुदायले पाएका उपलब्धि,अझै अधुरा रहेका कार्य तथा जलवायु अनुकूलनका सन्दर्भमा नयाँ आवश्यकता सम्बन्धी विषयमा छलफल गरिएको थियो ।सहभागीहरुको भनाइअनुसार जलवायु अनुकूलित गाउँ योजनाअन्तर्गतका अधिकांश गतिविधि नामसालिङ,गाउँपालिका तथा स्थानीय समुदायको सक्रिय सहभागिता र साझेदारीमा सफलतापूर्वक कार्यान्वयन भएका छन् ।
त्यस्तै केही गतिविधि क्रमशः कार्यान्वयनको चरणमा रहेको र केही नयाँ आवश्यकताहरू पहिचान भई थपिएको पनि बताइएको छ । सहभागी जनप्रतिनिधि तथा स्थानीयवासीहरुले उक्त योजना व्यवहारिक र वैज्ञानिक भएकाले समुदायमा प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको उल्लेख गरेका छन् । समीक्षा कार्यक्रममा बगासोतीबाट २७,भुल्केबाट २५ र रुपाकोटबाट २५ जना स्थानीयवासी तथा वडा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण नामसालिङ सामुदायिक विकास केन्द्रका परियोजना टोली प्रमुख,इन्जिनियर तथा कृषि अधिकृतले गरेका थिए।
वि.सं.२०७४ देखि दाङको राप्ती गाउँपालिकामा एकीकृत सामुदायिक विकास परियोजना मार्फत विभिन्न सामुदायिक विकास कार्यक्रम सञ्चालन गर्दै आएको नामसालिङ सामुदायिक विकास केन्द्रले कृषि,पोषण,आयआर्जन,जलवायु परिवर्तन अनुकूलन तथा सुशासनका क्षेत्रमा एकीकृत रूपमा काम गर्दै आएको छ । समुदायलाई आर्थिक तथा सामाजिक रूपमा सबल बनाउँदै जलवायु अनुकूलनका अभ्यासमा अभ्यस्त बनाउन निरन्तर काम भइरहेको संस्थाका कृषि अधिकृत तथा दाङ कार्यक्रम संयोजक शशांक आचार्यले बताए।
