
Ppu
Gsb
Csb
Bsn
Ssb
Ksb
Rks
Rsb
Tgp
Nsb
Usb
Ssb
Ksb
Ksb

Ssb
Tsb
Usb
Gsb
Hl1

Rgu
ptl
Nps
दाङ । लमही चेम्बर अफ कमर्स लमही दाङको ७औँ बार्षिक साधारण सभा तथा चौथो अधिवेशन शनिबार लमहीमा सम्पन्न भएको छ ।
चेम्बर अफ कमर्सका अध्यक्ष सितल भुषालको अध्यक्षता तथा चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका सचिव अजय न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा व्यवसाय, सहकार्य र संगठन सुदृढीकरणका विषयमा व्यापक छलफल भएको थियो ।
उपाध्यक्ष शशी परियारको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा सदस्य नारायण प्रसाद भुषाल तथा वरिष्ठ उपाध्यक्ष किरण कुमार बुढाथोकी लगायतले आ-आफ्नो भनाई राखेका थिए । कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रमोद बस्नेतले प्रस्तुत गरेका थिए । उनले अघिल्लो कार्यकालको आम्दानी–खर्च विवरण,कार्यक्रम खर्च, लगानी तथा संगठनको आर्थिक अवस्थाबारे विस्तृत जानकारी दिँदै आर्थिक पारदर्शिता र अनुशासनलाई चेम्बरले उच्च प्राथमिकतामा राखेको उल्लेख गरे ।कार्यक्रमको सहजिकरण गर्दै महासचिव केशब अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । जसको अध्यक्षमा किरण कुमार बुढाथोकी निर्बिरोध अध्यक्ष चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा शशी परियार, उपाध्यक्ष प्रमोद बस्नेत,महिला उपाध्यक्ष निरु ज्ञाँवली, महासचिव नारायण भुषाल,सचिव कमला चुदाली, कोषाध्यक्ष चिरन खनाल र सह–कोषाध्यक्षमा सपना पाण्डे निर्बिरोध निर्बाचित भएका छन् । त्यस्तै सदस्यहरुमा उत्तम बिष्ट, हरिराम चौधरी, निर्मल भुसाल,राजेन्द्र श्रेष्ठ,रोसन खनाल,मोहन केसी,शेषमणी अधिकारी, कृष्ण थापा,रामचन्द्र शर्मा,खेमराज घिमिरे,सरिता भुसाल,विशाल सुनार,जबुल मिया चयन भएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका सचिब अजय न्यौपानेले नव–निर्वाचित कार्यसमितिलाई बधाई दिँदै संगठनले स्थानीय अर्थतन्त्र सुदृढ पार्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले प्रदेश चेम्बरको तर्फबाट आवश्यक सहयोगका लागि प्रतिबद्धता जनाउँदै व्यवसायी हकहितको संरक्षण र व्यवसाय सञ्चालनमैत्री वातावरण निर्माणका लागि सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
सचिब न्यौपानेले चेम्बरले स्थानीय व्यवसायिक वातावरण सुधार, उद्यमशीलताको प्रवर्द्धन तथा व्यापारी हकहित संरक्षणका क्षेत्रमा देखाएको सक्रिय भूमिकाको प्रशंसा गरे । उनले आगामी दिनमा अध्यक्षदेखि साधारण सदस्यसम्म सबैको सामूहिक प्रयासले चेम्बरलाई अझ सक्षम एवं प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा निवर्तमान अध्यक्ष सितल भुषालले पद हस्तान्त्रण गर्दै सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्दै आफ्नो कार्यकालमा सहयोग गरेका सबै सदस्य, व्यवसायी तथा सरोकारवालाप्रति कृतज्ञता प्रकट गरे ।
त्यस्तै चेम्बरको यात्रा,चुनौतिहरु र भविष्यका प्राथमिकताबारे प्रकाश पारे । संगठनले स्थानीय व्यवसायीको समस्या पहिचान तथा समाधानका लागि निरन्तर पहल गर्दै आएको उल्लेख गर्दै अब प्रदेश तथा केन्द्रस्तरीय समन्वय अझ सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गरे । अधिवेशनले नयाँ नेतृत्व चयनसँगै चेम्बरको आगामी कार्ययोजना, व्यवसाय प्रवर्द्धन र सहकार्य विस्तारमा नयाँ ऊर्जा थपिएको छ । नबनिर्बाचित पदाधिकारीहरुको पद हस्तान्त्रण तथा सपथ कार्यक्रम सकिएको छ । लमही चेम्बरले यसबर्ष लमहीमा ब्यापारिक महोत्सब सञ्चालन गर्नेभनि यसअघि निर्णय गरिसकेको छ ।
