
Rks
Gsb
Ksb
Ksb
Usb
Nsb
Csb
Rsb
Ppu
Ssb
Tgp
Bsn
Ksb
Ssb

Hl1
Gsb
Tsb
Usb
Ssb

Nps
Rgu
ptl
दाङ । प्रहरीले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते तोडफोड र आगजनीमा संलग्न रहेका थप चार जनालाई पक्राउ गरेको छ ।
आपराधिक प्रवेश तथा आपराधिक उपद्रव गरेको अपराधमा प्रहरीले ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहले जानकारी दिए ।
जिल्ला सरकारी वकिल कार्यालयमा तोडफोड, लुटपाट र आगजनी गरी क्षती पुर्याएको आरोप घोराही उपमहानगरपालिका वडा नम्बर १८,का २४ वर्षीय संजित घर्ती मगर र पाल्पाको माथागढी गाउँपालिका–४,झडेवाका १८ वर्षीय विशाल नेपाली पक्राउ परेका हुन् । उनीहरुमाथि अनुसन्धान गर्न प्रहरीले अदालतबाट सात दिनको अनुमति प्राप्त गरेको छ।
त्यस्तै,जिल्ला अदालत दाङ र इलाका प्रहरी कार्यालय नारायणपुरमा तोडफोड,लुटपाट र आगजनी गरेको आरोपमा प्रहरी थप दुई जनालाई पक्राउ गरेको छ । घोराही–१५,शहिद गेटका २८ वर्षीय विकास भुषाललाई जिल्ला अदालतमा तोडफोड, आगजनी गरेको आरोपमा पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय नारायणपुरमा तोडफोड,चोरी र आगजनी गरेको आरोपमा घोराही–१०,नारायणपुरका १९ वर्षीय अनिल विक पक्राउ परेका छन् ।
डिएसपी शाहका अनुसार आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धि कसुरमा अनुसन्धान गर्न जिल्ला अदालतले उनीहरुलाई पाँच दिन थुनामा राख्न अनुमति दिएको छ । पक्राउ परेका सबै माथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
त्यस्तै यसअघि भदौ २४ को जेनजी आन्दोलनका क्रममा विभिन्न कार्यालयमा तोडफोड, चोरी र आगजनी गरेको आरोपमा प्रहरीले थप २० जनालाई पक्राउ गरि सकेको थियो । हालसम्म प्रहरीले तोडफोड,लुटपाट र आगजनी गरेको आरोपमा २४ जनालाई पक्राउ गरि सकेको प्रहरीले जनाएको छ ।
