
pku
Unsku
Pbu
Srbpu
Sgr
sbs
Gfs
Pes
Rgp1
cjs
Ggp
Rgp
Lnp
Djs

Rgu
Wsp
Vor
Rgs
Gst
Rgu
Tsm
Bbu
Ksm
Hal
Asm
Sls
Rsb
Pvg
nsb
Ggd
Sbs
Bbbpu
Ssm

Bml
Pls
Syp
Mks
sab
bbt
Rpp
Rmb
Gsb
Ptm
Jmb
Jmb
Abd
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा पत्रकारहरुका लागि नि:शुल्क आँखा तथा स्वास्थ्य शिविर सञ्चालन हुन लागेको छ ।
राप्ती गाउँपालिकामा रहेको पत्रकारहरूको साँझ संस्था राप्ती प्रेस मञ्चले यहि मंसिर ५ गते वडा नम्बर ५ को सिसहनियाँमा शिविर सञ्चालन गर्न लागेको हो ।
तिलगंगा सर्जिकल आँखा केन्द्र र अध्या मेडिकल हल सिसहनियाँको प्राविधिक सहयोगमा मञ्चले शिविर चलाउन लागेको हो । रिपोर्टिङका क्रममा पत्रकारहरुको आँखामा हुने समस्या तथा स्वास्थ्यलाई समेत ध्यानमा राखि मञ्चले शिविर चलाउन लागेको हो । देउखुरी क्षेत्रका पत्रकारहरुलाई शिविरमा सहभागी गराई उनीहरुको आँखा सँगै सुगर,प्रेसर,मृगौला चेकजाँच गरिने मञ्चका महासचिव ओमप्रकाश गुप्ताले जानकारी दिए ।
त्यस्तै मञ्चले आगामी मंसिर २२ गते दोस्रो घुम्ती बैठक राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोटमा बस्ने र सोही दिन लागू औंषध दुर्वयशन,ट्राफिक सचेतना तथा साइवर क्राइम सम्बन्धि जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको मञ्चका महासचिव गुप्ताले जानकारी दिए ।
मञ्चका कार्यवाहक अध्यक्ष सन्तोष कुमार गुप्ताको अध्यक्षतामा शनिबार राप्ती गाउँपालिका-१ पाखापानीमा बसेको पहिलो घुम्ती बैठकमा मञ्चका उपाध्यक्ष बलराम शाही (भिसुन),महासचिव ओमप्रकाश गुप्ता,सचिव देवेन्द्रराज कंडेल (श्रीधर), कोषाध्यक्ष लक्ष्मी पोख्रेल, सदस्यहरू मोतीराम भट्टराई,विदुर एमसी,मुक्तिराम पाैडेल,किरण जिसी, निसाकुमारी चाैधरीको उपस्थिति रहेको थियो । बैठकको सहजीकरण मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।
