
Gfs
cjs
Rgp1
Ses
Srbpu
Pbu
Pes
Ggp
Rgp
Lnp
Djs
Sgr
pku
Unsku

Rgu
Rsb
Asm
Rgs
Ggd
Rgu
Ssm
Sls
Vor
Ksm
Pvg
Wsp
Gst
nsb
Hal
Bbu
Bbbpu
Sbs
Tsm

Jmb
Gsb
Rpp
Pls
Bml
bbt
Rmb
Ptm
Abd
Jmb
Syp
Mks
sab
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको छ ।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा-आराधाना गरी पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकालले जानकारी दिनु भयो ।
पशुपतिनाथमा रहेको चाँदीको जलहरी जीर्ण भएकाले त्यही चाँदीको जलहरीलाई सुनको आवरणले ढाकेको उहाँको भनाई छ । १०८ किलोको सुनको जलहरी अर्पण गरिएको उहाँले बताउनु भयो । यस कार्यका निम्ति ८० करोड रुपैंया खर्च भएको पनि सदस्य सचिव डा. ढकालले जानकारी दिनु भयो ।
विगत ३ वर्षदेखि निर्माण भइरहेको काम बुधबार सम्पन्न भएको उहाँले बताउनु भयो । सुनको जलहरी अर्पण गर्नको निम्ति विगत पाँचदिन अघिदेखि पशुपतिनाथमा विधिपूर्वक पुजाआजा भइरहेको थियो । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले सुनको जलहरी अनावरण गर्नु भएको हो ।
सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिंदँ सदस्य सचिव डा. ढकालले शिवरात्रीमा यसवर्ष अघिल्ला वर्षहरुमा जस्तो भक्तजन नआउने उहाँले बताउनु भयो । दर्शनको सहज व्यवस्थापन, स्वास्थ्य तथा सुरक्षालाई ध्यानमा राख्दै तयारी गरिएको उहाँको भनाई छ । पशुपतिनाथमा शिवरात्रीको अवसरमा धुम्रपान,मद्यपान तथा लागू औषध बर्जित गरेको पनि उहाँले बताउनु भयो ।
