
Ssbus
Ppu
Gsbus
Sys
smb
jms
gms

Hl1
Ln1
Ln8
Ssb
Ln7
Ln3
Dps
Rys
Ln2
Ln9
kbs
Gsb
bmj
Gg1
Asm
Usb
cks
Tsb
bml
Gg5

Sab
Sbs
Gg2
Jab
Sml
Bpb
Snk
Gg4
Gg3
Gjl
Jpb
Rgu
Nps
Gg6
Ksb
Rss
ptl
विराटनगर । गत पुष ५ गते मृत भेटिएका मोरङको उर्लाबारीका प्रविण बास्तोलाको मृत्यु घटनालाई मोरङ प्रहरीले अत्यन्त संवेदनशील घटनाका रुपमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
बुधवार विराटनगरमा पत्रकार सम्मेलन गर्दै मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले प्रविण बास्तोलाको मृत्यु प्रकरणमा सम्बन्धित पक्षबाट ढिलो गरी जाहेरी दिएका कारण केही गलत फहमी भएको बताउनु भयो । उहाँले इलाका प्रहरी कार्यालय उर्लाबारी,सरकारी वकिलको कार्यालय विराटनगर र जिल्ला अदालतमा मिसिलहरु यथावत रहेकाले आफ्नो वकिलमार्फत छानबिन गर्न आग्रह गर्दै प्रविणको हत्या घटनामा कसैले तलमाथि गर्न नसक्ने भएकाले अनुसन्धानमा सघाउन पीडितका परिवारका सदस्यहरुलाई आग्रह गर्नुभयो ।
त्यस्तै केही दिन यता विभिन्न संचारमाध्यममा अनुसन्धानबारे टिकाटिप्पणी भईरहेको र जिल्ला सरकारी वकिलको कार्यालय,जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने कार्य समेत गरिएकोले मोरङ प्रहरीले पत्रकार सम्मेलन गरेर यथार्थ विवरण सार्वजनिक गरेको हो ।
सो घटना बारे छानबिन गर्न जिल्लाप्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राई नेतृत्वको छानबिन टोली समेत गठन गरिएको छ । उहाँले न्याय कतै नमर्ने भएकाले पहिले अनुसन्धानको लागि पक्राउ परेकाहरुको हकमा कुनै प्रमाण फेला नपरेको हुनाले छोडिएको र या घटनाको सुष्म अनुसन्धान भइरहेको जानकारी दिनु भयो ।
