
Djs
Pbu
pku
Srbpu
Rgp1
cjs
Pes
Ses
Sgr
Unsku
Lnp
Ggp
Gfs
Rgp

Tsm
Rgs
Rgu
Sbs
Bbu
Bbbpu
Asm
Wsp
Ggd
Vor
Ksm
Hal
Ssm
nsb
Pvg
Rsb
Gst
Sls
Rgu

Ptm
bbt
Rmb
Abd
Jmb
Syp
sab
Mks
Bml
Jmb
Rpp
Gsb
Pls
विराटनगर । गत पुष ५ गते मृत भेटिएका मोरङको उर्लाबारीका प्रविण बास्तोलाको मृत्यु घटनालाई मोरङ प्रहरीले अत्यन्त संवेदनशील घटनाका रुपमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
बुधवार विराटनगरमा पत्रकार सम्मेलन गर्दै मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले प्रविण बास्तोलाको मृत्यु प्रकरणमा सम्बन्धित पक्षबाट ढिलो गरी जाहेरी दिएका कारण केही गलत फहमी भएको बताउनु भयो । उहाँले इलाका प्रहरी कार्यालय उर्लाबारी,सरकारी वकिलको कार्यालय विराटनगर र जिल्ला अदालतमा मिसिलहरु यथावत रहेकाले आफ्नो वकिलमार्फत छानबिन गर्न आग्रह गर्दै प्रविणको हत्या घटनामा कसैले तलमाथि गर्न नसक्ने भएकाले अनुसन्धानमा सघाउन पीडितका परिवारका सदस्यहरुलाई आग्रह गर्नुभयो ।
त्यस्तै केही दिन यता विभिन्न संचारमाध्यममा अनुसन्धानबारे टिकाटिप्पणी भईरहेको र जिल्ला सरकारी वकिलको कार्यालय,जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने कार्य समेत गरिएकोले मोरङ प्रहरीले पत्रकार सम्मेलन गरेर यथार्थ विवरण सार्वजनिक गरेको हो ।
सो घटना बारे छानबिन गर्न जिल्लाप्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राई नेतृत्वको छानबिन टोली समेत गठन गरिएको छ । उहाँले न्याय कतै नमर्ने भएकाले पहिले अनुसन्धानको लागि पक्राउ परेकाहरुको हकमा कुनै प्रमाण फेला नपरेको हुनाले छोडिएको र या घटनाको सुष्म अनुसन्धान भइरहेको जानकारी दिनु भयो ।
