प्रिया स्मृती गजमेर/लमही शनिबार, कार्तिक २२, २०८२

दाङ । न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमअन्तर्गत लमही अस्पतालको अनुगमन, मूल्यांकन तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय र निक सायमन इन्स्टिच्युटको संयुक्त टोलीले गरेको मूल्यांकनमा लमही अस्पतालले ५९ प्रतिशत अंक प्राप्त गरेको हो । कार्यक्रममा अस्पतालको स्वास्थ्य सेवा गुणस्तर, उपलब्ध सेवा–सुविधा, स्रोत साधनको प्रयोग र व्यवस्थापन प्रणालीबारे विस्तृत समिक्षा गरिएको थियो । अनुगमन टोलीका सदस्य लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत सन्देश पौडेलले अस्पतालका राम्रा अभ्यास र सुधार आवश्यक क्षेत्रहरुबारे तथ्यगत रुपमा प्रस्तुत गर्दै केही सुधारका पक्षमा ध्यान पुर्‍याए आगामी मूल्यांकनमा अंक वृद्धि हुने सुझाव दिएका थिए ।

त्यस्तै अनुगमन टोलीले अस्पतालको सेवा स्तर, जनशक्ति व्यवस्था,औषधि आपूर्ति,सरसफाइ तथा बिरामीमैत्री वातावरणबारे समेत अवलोकन गरेको थियो ।

लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले सुधार आवश्यक पक्षहरु पहिचान गर्दै अस्पतालको सेवा अझ प्रभावकारी र गुणस्तरीय बनाउन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका थिए । उनले भने, “स्वास्थ्यकर्मीले बिरामीसँग यति आत्मीय व्यवहार गर्नुपर्छ कि बिरामीको आधा रोग त्यसै निको होस् । भगवानभन्दा पनि बढी स्वास्थ्यकर्मीप्रति बिरामीको विश्वास हुन्छ, त्यसैले सबैले यो कुरा मनन गरेर सेवा दिनुपर्छ ।”नगर प्रमुख चौधरीले सेवा सुधारका लागि स्थानीय सरकार सधैं सहयोग र सहकार्य गर्न तयार रहेको प्रतिबद्धता पनि जनाए ।

यस्तै,लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले सीमित स्रोत र जनशक्ति अभावका बीच पनि अस्पतालले देउखुरीका तीन पालिकासहित चारै पालिकामा स्वास्थ्य सेवा विस्तार गरिरहेको बताइन् । उनले अस्पतालको संरचना र स्रोत व्यवस्थापनमा सुधार आवश्यक रहेको धारणा राखिन् ।

निक सायमन इन्स्टिच्युटका निर्देशक डा. कासिम साहले लमही अस्पतालको सेवा प्रवाह अन्य अस्पतालहरूभन्दा सन्तोषजनक रहेको बताए । उनका अनुसार, “नगरस्तरीय अस्पतालले यति स्तरको सेवा उपलब्ध गराउनु सामान्य कुरा होइन । लमही अस्पतालले आकस्मिक शल्यक्रिया सहज रूपमा सञ्चालन गरिरहेको छ,यो निकै सकारात्मक पक्ष हो ।”डा. साहले लमही अस्पतालले आगामी दिनमा अझ स्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गरोस् भन्ने शुभकामना पनि व्यक्त गरे ।

कार्यक्रममा लमही नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्य शाखाका अधिकारी,अस्पतालका कर्मचारी तथा सरोकारवालाको सहभागिता रहेको थियो । अस्पतालका निमित्त प्रमुख हरि खनालले अस्पतालको न्युनतम सेवा मापदण्ड कार्यान्वयनको प्रगति र उपलब्धिबारे जानकारी दिएका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]