शिवराज खनाल बुधबार, फाल्गुण १२, २०७७

दाङ । यति बेला डिजिटल दुनियाबाट ठगि गर्ने गिरोह देश भर नै सक्रिय रहेका छन् । बिभिन्न कारोबार गर्दै ठगि गर्ने गिरोहले अहिलेको समयमा बिभिन्न बैंकका चेक थमाउने गर्ने गरेको पाइएको छ । सोहि अनुसार १९ लाख रुपैया ठगी गरेको आरोपमा प्युठानका सन्तोष बि.क मंगलबार पक्राउ परेका छन् ।

प्युठान नगरपालिका वडा नम्बर ७ पुण्यखोला निवासी सन्तोषलाई दाङ स्थित लमही प्रहरीले दिउँसो १ बजे पक्राउ गरेको हो । राप्ती गाउँपालिका वडा नम्बर २ बराखुटी निवासी भरत बहादुर बिश्वकर्माले पाउनुपर्ने रकम १८ महिना बित्दापनि नपाएपछि प्रहरीमा उजुरी दिएका थिए । गत पुस १५ गते दिएको उजुरीकै आधारमा उच्च अदालतले यही फाल्गुन ९ गते पक्राउपुर्जी जारी गरेपछि सन्तोष पक्राउ परेका हुन ।

त्यस्तै लमही नगरपालिका वडा नम्बर १ नर्तिमा रहेको भरतको २८ मिटर लम्बाई रहेको जग्गा २०७६ मँसिरमा सन्तोषले खरिद गरे । सन्तोषले केही रकम दिए अनि बाँकी रकम केहीदिन मै दिने सहमतीमा सम्झौता भयो । तर भरतले १८ महिना बितिसक्दा पनि बाँकि रकम १९ लाख भने पाएनन् । उनलाई टार्नकै लागि सन्तोषले खाली चेक दिईरहन्थे ।

यस्तै १८ महिनाको अबधीमा सन्तोषले आफुलाई सिद्धार्थ बैँकको ५ ओटा खाली चेक काटेर दिएको पिडित भरत बताउँछन् । सन्तोषले गत २०७७ जेठ ३१ गते पाँचौ पटक चेक काटेर दिए । अन्तिम पटक भनेर दिईएको यो चेक पनि खाली थियो । अनि सन्तोष केही समय सम्पर्क बिहिन भए । तरपनि खाली चेक पकेटमा राखेर भरतले बाँकि रकम पाउने आश त मारेनन् । १८/१८ महिना सम्मपनि जग्गा बिक्रि गरेको बाँकि रकम नपाउँदा अत्ति भएर प्रहरीमा उजुरी दिएको भरतले बताए ।

त्यस्तै सन्तोष अहिले वडा प्रहरी कार्यालय लमहीको हिरासतमा रहेका छन् । उनलाई बैँकिङ कसुर सम्बन्धीको ठगी मुद्दा लगाउने तयारी भईरहेको प्रहरीले बताएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]