
Ssb
Ksb
Csb
Bsn
Usb
Nsb
Rks
jsb
Gsb
Rsb
Ssb
Ppu
Ksb
Tgp
Ksb

Tsb
Ssb
Hl1
Gsb
Usb

Rgu
ptl
Nps
काठमाडौं । आज कोशी,बागमती र गण्डकी गरि तीनवटा प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा भारी हिमपातको सम्भावना छ ।
त्यस्तै विभागका अनुसार उक्त अवधिमा देशको बागमती, कमला,कोशी र कन्काई नदी र यी नदीका सहायक नदीहरुमा पानीको बहाब उल्लेख्य बढ्ने छ । ती क्षेत्रमा सतर्कता तह आसपास पुग्न सक्ने देखिएको साथै कोशी,बागमती र मधेश प्रदेशका महाभारत,चुरे भई बहने स-साना नदीनालामा आकस्मिक बहाव हुनसक्ने सम्भावना रहेको विभागको भनाइ छ ।
यस्तै बागमती प्रदेशका काठमाडौं उपत्यका,काभ्रे, सिन्धुपाल्चोक,दोलखा,मकवानपुर,चितवन र सिन्धुली,मधेस प्रदेशका बारा,पर्सा,सर्लाही,रौतहट, महोत्तरी,धनुषा,सप्तरी र कोशी प्रदेशका सङ्खुवा सभा,ताप्लेजुङ,पाँचथर, तेहथुम, भोजपुर, धनकुटा, इलाम,झापा,मोरङ,सुनसरी जिल्ला भई बहने स-साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहने देखिएको छ । सम्भावित वर्षा र हिमपातको कारणले नदीनालामा आकस्मिक बहाव,पहिरो लगायतका जोखिमका साथै दैनिक जनजीवन,सडक तथा हवाई यातायात,कृषि, पर्यटन लगायत क्षेत्रहरुमा प्रभाव पर्न सक्ने सम्भावना रहेको छ ।
त्यस्तै बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ भारतको आन्द्र प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको छ । यसपछि चक्रवातको प्रभाव विस्तारै कमजोर हुँदै उत्तर उत्तर पश्चिम दिशामा सर्दै न्यूनचापीय क्षेत्रका रुपमा नेपालको मध्य भूभाग नजिक आई पूर्वतर्फ सर्ने विभागले जनाएको छ ।अनलाइनखबर
