
Rks
Ssb
Ksb
jsb
Ssb
Gsb
Ksb
Ppu
Tgp
Nsb
Csb
Rsb
Usb
Ksb
Bsn

Usb
Tsb
Gsb
Hl1
Ssb

ptl
Rgu
Nps
काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले हिमाली क्षेत्रमा वर्षासँगै हिमपात सुरु भएकाले यात्रा नगर्न आन्तरिक तथा बाह्य पर्यटकलाई आग्रह गरेको छ ।
टानका अध्यक्ष सागर पाण्डेले आज एक विज्ञप्ति जारी गरी जल तथा मौसम विज्ञान विभागबाट जारी मौसम पूर्वानुमान अनुसार अहिले पश्चिमी वायु र अरव सागरमा बनेको न्यूनचापीय प्रणालीका कारण कात्तिक १० देखि १२ गतेसम्म कर्णाली, लुम्बिनी र गण्डकीलगायतका प्रदेशमा हल्कादेखि मध्यम वर्षा भएकाले हिमाली क्षेत्रको यात्रामा ध्यान दिन आग्रह गरेका हुन् ।
त्यस्तै मौसम पूर्वानुमान अनुसार नै हाल डोल्पा, धौलागिरि, मुस्ताङ,मनाङ,मनास्लु, लाङटाङ, सगरमाथा लगायतका पर्यटकीय गन्तव्यमा वर्षासँगै हिमपात समेत सुरु भई पदयात्रालगायतका सम्पूर्ण पर्यटकीय गतिविधि प्रभावित भइरहेको टानले जनाएको छ ।
यस्तै अध्यक्ष पाण्डेले कतिपय स्थानमा स्थानीय प्रशासनले पदयात्रा गर्न रोकसमेत लगाइसकेको भन्दै मौसममा सुधार नआउञ्जेलसम्म उच्च हिमाली क्षेत्र तथा उच्च पास भएर जाने सम्पूर्ण पदमार्गमा हुने पदयात्राहरू नगर्न/नगराउन,पदयात्री, आरोहण दलका सदस्य तथा सहयोगी टोलीलाई अनुरोध गरे ।
टानले उद्धार लगायतका कार्यका लागि सहजीकरण तथा समन्वय गर्नका लागि स्थानीय सरकार, स्थानीय प्रशासन तथा सुरक्षा निकाय (प्रहरी,सशस्त्र,सेना) संरक्षण क्षेत्रका व्यवस्थापक,टान गण्डकी तथा टान केन्द्रीय कार्यालयलाई सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।
अनलाइनखबर
