
Gsb
Ppu
Bsn
Ksb
jsb
Csb
Ssb
Rsb
Nsb
Ksb
Rks
Ksb
Tgp
Ssb
Usb

Hl1
Tsb
Ssb
Gsb
Usb

Nps
ptl
Rgu
धनगढी । कैलालीमा एक महिलाले आफ्नो श्रीमानको हत्या गरेकी छन् ।
शनिबार राति जोशिपुर गाउँपालिका वडा नम्बर – ३, बस्ने ३५ वर्षीया सुनितादेवी कठरीयाले श्रीमान् ५० वर्षीय लखनलाल कठरियाकाे हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले राति करिब ११ बजे घरमै कठरीयाकाे हत्या भएको बताए ।
श्रीमती सुनिताकाे हताैडा प्रहारबाट गम्भीर घाइते भएका उनलाई टीकापुर अस्पताल लगिएकाे थियो । कठरीयाकाे उपचारका क्रममा शनिबार राति नै मृत्यु भएको उनले बताए ।
त्यस्तै हताैडा प्रहार गरेर श्रीमान्को हत्या गरेकाे अभियाेगमा उनकी श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।उनीहरुबीचकाे विवादकाे कारण भने खुलेकाे छैन । कठरीयाकाे शव परीक्षणपछि आइतबार प्रहरीले बुझेको छ ।
