
Lks
Pbu
Rgp
Ggp
Ggp
Usb
Asb
Dbs
Sgp
Dus
Lnp
Rgp
Rgp
ksb
Jns
Rgp
lnp


कास्की । पोखरामा चक्कु प्रहार हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नम्बर –५,प्रस्र्याङ चिल्ड्रेन पार्क बस्ने ४५ वर्षीय अनिल पराजुली रहेका छन् ।
उनको हत्यामा आरोपमा पोखरा महानगरपालिका वडा नम्बर –१८,सराङकोट घर भइ पोखरा–५ मालेपाटन बस्ने २४ वर्षीय किशोर तिमिल्सिनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी डिएसपी हरीबहादुर बस्नेतले बताए।
उनीहरुबीच शुक्रबार राती होटलमा मदिरा सेवन गर्ने बेलामा विवाद भइ भनाभन भएको थियो । शनिबार आज बिहान पराजुली अचेत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोलीले उद्धार गरेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
हत्यामा प्रयोग भएको चक्कु प्रहरीले बरामद गरेको छ। तिमिल्सिनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धि मुद्वामा अनुसन्धान चलिरहेको छ।देशसञ्चार
