
Tgp
Ssb
Bsn
Ppu
jsb
Gsb
Csb
Rsb
Ssb
Ksb
Usb
Ksb
Nsb
Rks
Ksb

Gsb
Hl1
Ssb
Tsb
Usb

Rgu
Nps
ptl
धनुषा । आजदेखि मिथिला क्षेत्रको सबैभन्दा ठुलो पर्व छठ औपचारिक रुपमा सुरु भएको छ ।
चार दिनसम्म मनाइने यस पर्वका लागि जनकपुरधामका घाटहरुलाई सिँगार्ने काम तीव्र गतिमा भइरहेको छ । जनकपुर धाममा रहेका गङ्गासागर,अरगजा सर, दशरथ तलाउ,धनुष सागर र मटकोरर्वा पोखरीजस्ता जलाशयहरूमा सजावटको काम भइरहेको छ ।
गङ्गासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले गत वर्षजस्तै यो वर्ष पनि गङ्गासागरको आधा भागमा सजावटको काम गरिरहेको बताए। उनले घाटको सरसफाइ र सजावटका साथै व्यवस्थापन पनि विगतभन्दा राम्रो बनाइएको जानकारी दिए । गुप्ताका अनुसार यो वर्ष प्रतिअर्घ रु ६०० सहयोग स्वरुप निर्धारण गरिएको छ । सबैले सहयोग नदिए पनि अर्घ राख्ने गरेका छन् र प्रत्येक वर्ष सहयोगबाटै व्यवस्थापन खर्च निस्किरहेको उनको भनाइ छ । गङ्गासागरको घाटमा अहिले पण्डाल लगाउने काम अन्तिम चरणमा छ भने झिलिमिली बत्तीको काम बाँकी छ। गङ्गासागरमा तीनवटा समितिले सजावटको काम गरिरहेका छन् ।
यस्तै,अरगजा सरमा छठको घाट निर्माण गरिरहेका समितिका सचिव वीरेन्द्र कर्णले दसैँ सकिएपछि नै आफूहरु तयारीमा जुटिसकेको बताए । उनले सजावट र सरसफाइका लागि काम भइरहेको जानकारी दिए । कर्णले यो पोखरीमा हिन्दू मात्र नभई मुस्लिम समुदायका केही व्यक्तिहरुले पनि अर्घ राख्ने गरेको जानकारी दिए । उनले अर्घ राख्नेहरुसँग सहयोगस्वरूप रकम लिने गरिएको भए पनि कुनै किसिमको दबाब नहुने र आर्थिक सहयोगका लागि आग्रह मात्र गरिने बताए । यस पोखरीमा पाँच हजारभन्दा बढी अर्घ रहने गरेको र यो सङ्ख्या प्रत्येक वर्ष बढ्ने गरेको उनको भनाइ छ । शान्ति सुरक्षाका लागि प्रहरीसँग पनि समन्वय गरिएको छ।
त्यस्तै मिथिलाञ्चल क्षेत्रमा मनाइने यो पर्व पूर्ण रुपले घरेलु उत्पादनमा निर्भर रहन्छ । आफ्नै खेतबारीमा उत्पादन गरेको गहुँ,चामलजस्ता अन्नको व्यवस्था गरेर त्यसलाई धोई-पखाली घरकै जाँतोमा पिसेर त्यसको पिठोबाट छठका सामग्रीहरु बनाउने गरिन्छ । पर्व नजिकिएसँगै बजारमा विभिन्न सामग्री किन्नेहरुको भीड लागेको छ। जनकपुरधामका बजारहरुमा बाँस र माटोबाट बनेका सामग्रीहरु जताततै बिक्री भइरहेका छन् । छठ पर्वमा बाँस तथा माटोबाट बनेका सामानलाई शुद्ध मानिने भएकाले यसको माग बढेको छ। मिथिलानीहरु अहिले माटोबाट बनेको घैँटो,हात्ती र बाँसबाट बनेको छिट्टी (टोकरी), नाङ्लो,कन्सुपतीलगायतका सामान किन्न व्यस्त छन् ।
यस्तै,चार दिनसम्म मनाइने यस पर्वमा बर्तालुले दुई दिन बिना अन्नपानीको भोकै बस्नुपर्छ । यस पर्वअन्तर्गत पहिलो दिन आज ‘नहाय–खाए’ हुनेछ। दोस्रो दिन आइतबार दिनभरि उपवास बसी रातिमा ‘खीर’ बनाई देउतालाई चढाएर खानेछन् । यो विधिलाई ‘खरना’ भनिन्छ। त्यस्तै,मूल दिन सोमबार ठेकुवा,भुसवा लगायत कृषिजन्य अन्नको पिठोबाट बनाइएका पकवानहरुसँगै केराको घरी,माटोको हात्ती,सूप,कनसुपती, कलश सहितको घैँटोलगायत सामग्रीको व्यवस्था गरी साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ दिइन्छ । यस्तै,छठ पर्वको अन्तिम दिन मङ्गलबार बिहानपख उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर पर्वको समापन गरिनेछ । रासस
