
Ksb
Ssb
Csb
Ppu
Rks
jsb
Rsb
Usb
Tgp
Ssb
Nsb
Bsn
Ksb
Ksb
Gsb

Hl1
Usb
Gsb
Ssb
Tsb

Nps
Rgu
ptl
रुकुम पश्चिम । रुकुम पश्चिमको झारमारेमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । अन्य ५ जना गम्भीर घाइते भएका छन् ।
त्यस्तै अहिले घटना स्थलमा उद्धारको काम चलिरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । अहिलेसम्म ८ जनाको शव फेला परेको र ५ जना गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार खलङ्गाबाट स्यालाखदीतर्फ जादै गरेको रा १ ज ४२२ नम्बरको जिप बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सीमा झारमारेमा दुर्घटना भएको हो ।
यस्तै गाडी चालक टोपजंग बुढा रहेको र उनि गम्भीर घाइते रहेको बताइएको छ । मृतक र अन्य घाइतेहरुको परिचय खुलेको छैन । जिपमा सिट क्षमता भन्दा धेरै यात्रु रहेको बताइएको छ ।
