
Usb
Ssb
Ssb
Ksb
Rks
Nsb
Rsb
Tgp
Csb
Ksb
Gsb
jsb
Ppu
Bsn
Ksb

Hl1
Usb
Gsb
Ssb
Tsb

Nps
Rgu
ptl
कपिलवस्तु । नेपाल प्रहरीका एआईजी उमा प्रसाद चतुर्वेदीले नागरिकको सुरक्षा नै प्रहरीको कर्तव्य भएको बताएका छन् ।
एआइजी चतुर्वेदीले समुदायको विश्वास र सहकार्य बिना प्रभावकारी प्रहरी सेवा सम्भव नहुने बताएका छन् । कपिलवस्तुको कृष्णनगरमा कृष्णनगर उद्योग वाणिज्य संघले आयोजना गरेको “एआईजी सम्मान कार्यक्रम”मा बोल्दै उनले भने, “नेपाल प्रहरी केवल कानूनी निकाय होइन, यो समाजको अभिन्न हिस्सा हो ।
अपराध नियन्त्रण,शान्ति सुरक्षा र विकासको पूर्वशर्त नै प्रहरी र समुदायबीचको विश्वास हो ।”उनले प्रहरी सेवामा पारदर्शिता,उत्तरदायित्व र जनमुखी दृष्टिकोणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । चतुर्वेदीले नेपाल प्रहरीलाई आधुनिक प्रविधि र सामुदायिक सहभागितासँग जोडेर अघि बढाइरहेको उल्लेख गर्दै जनताको विश्वास जित्नु नै प्रहरीको ठूलो उपलब्धि भएको बताए । एआईजी उमा प्रसाद चतुर्वेदीलाई कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष तिरेश शर्माले माला,खादा र प्रशंसापत्र अर्पण गरी सम्मान गरेका थिए ।
कार्यक्रममा अतिथिका रुपमा प्रहरी उपरीक्षक सन्तोष आचार्यको समेत सहभागिता रहेको थियो । कार्यक्रममा कांग्रेस नेता ब्रम्हनन्द उपाध्याय,अकिल मिया,मुक्तेश्वर मिश्रा,विनय गिरी,नेकपा माओवादी केन्द्रका नेता जावेद आलम खाँ हुनुन्थ्यो । समाजसेवी कुनाल प्रताप शाहले एआइजी उमा प्रसाद चतुर्वेदीलाई २० किलोको मालाले स्वागत गरेका थिए ।
त्यस्तै कार्यक्रममा कृष्णनगर नगरपालिकाको दलित समुदायबाट एमबिबिएस गरेकि डक्टर स्मृति हरिजनलाई समेत सम्मान गरिएको उद्योग वाणिज्य संघ कृष्णनगरले जनाएको छ । कार्यक्रमको स्वागत मनतब्य हरि ओम तुलस्यानले गरे । भने स्वागत मन्तव्य कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष तिरेश शर्माले गरेका थिए ।
