
Rgp
Rgp
ksb
Ggp
Asb
lnp
Jns
Rgp
Lks
Usb
Lnp
Rgp
Dbs
Dus
Pbu
Sgp
Ggp


दार्चुला । मार्मा गाउँपालिका वडा नम्बर –३, दानीखेतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आज बिहान लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको सु प प्र ०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी जिपका मालिक ३४ वर्षीय करबिरसिंह ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम शाहीले जानकारी दिए ।
त्यस्तै जिप कसले चलाएको र कसरी दुर्घटना भयो भन्नेबारे थाहा हुन नसकेको प्रहरीले जनाएको छ । जिप चालकको खोजी गर्न इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली घट्नास्थलतर्फ गएको छ ।रासस
