
Usb
Rks
Ksb
Bsn
Ksb
Ssb
Ksb
Csb
Ppu
Ssb
Tgp
Nsb
jsb
Gsb
Rsb

Hl1
Gsb
Ssb
Usb
Tsb

Nps
Rgu
ptl
दार्चुला । मार्मा गाउँपालिका वडा नम्बर –३, दानीखेतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आज बिहान लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको सु प प्र ०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी जिपका मालिक ३४ वर्षीय करबिरसिंह ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम शाहीले जानकारी दिए ।
त्यस्तै जिप कसले चलाएको र कसरी दुर्घटना भयो भन्नेबारे थाहा हुन नसकेको प्रहरीले जनाएको छ । जिप चालकको खोजी गर्न इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली घट्नास्थलतर्फ गएको छ ।रासस
