
Rgp
Rgp
Lnp
Jns
Usb
Asb
Rgp
Dus
Dbs
Ggp
Lks
Ggp
ksb
Rgp
Pbu
Sgp
lnp


दाङ । नयाँ पाईला पुनर्स्थापना केन्द्रमा दुर्व्यसनी दाजुभाइहरुलाई एका घरको दिदीबहिनीले तिहारको भाइ टीका लगाइ दिएका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९, बिजौरी,हाडिमे दाङमा रहेको राप्ती अञ्चलकै पहिलो संस्था नयाँ पाईला पुनर्स्थापना केन्द्रमा दुर्व्यसनीका उपचाररत दाजुभाइलाई दिदीबहिनीहरुले टीका लगाइदिएको केन्द्रका कार्यकारी निर्देशक सुरेश भुसालले जानकारी दिए ।
केन्द्रले प्रत्येक वर्ष यसैगरी तिहारको अवसरमा दुर्व्यसनी दाजुभाइ र दिदीबहिनी बीचमा टीका कार्यक्रमको व्यवस्थापन गरि टीका लगाउने र आशीर्वाद आदानप्रदान गर्ने व्यवस्था गर्दै आएको केन्द्रका कार्यकारी निर्देशक भुसालले बताए ।
त्यस्तै अहिले उक्त केन्द्रमा ३६ जना दुर्व्यसनीहरु उपचाररत रहेका छन् । केन्द्रले दुर्व्यसनीहरुलाई दक्ष परामर्शदाताद्वारा परामर्श गराई विभिन्न विधिबाट उपचार गरेर घर पठाउने कार्य गर्दै आएको छ ।
