Sidha Patra बिहिबार, कार्तिक ०६, २०८२

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । तिहार–२०८२ का अवसरमा जारी शुभकामना सन्देशमा उहाँले सत्य, न्याय र सकारात्मक सोचतर्फ समाजलाई उन्मुख गराउने तिहारको मूल्य र सन्देशलाई आत्मसात् गर्न सबैलाई आग्रह गरेका छन् ।

मुख्यमन्त्री आचार्यले नेपालीहरूको मौलिक सांस्कृतिक चाड तिहारले मानव,प्रकृति र प्राणी जगतबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्ने बताए । उनले दिदीबहिनी र दाजुभाइ बीचको स्नेह,सामाजिक एकता र सामूहिक उत्तरदायित्वलाई सुदृढ बनाउन तिहारले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

देउसी–भैलोका क्रममा सङ्कलित रकमबाट समाजोपयोगी र रचनात्मक कार्य गर्ने परम्परा हाम्रो साझा सांस्कृतिक सम्पदा भएको भन्दै मुख्यमन्त्री आचार्यले त्यसको संरक्षण र जगेर्ना सबैको दायित्व भएको बताए ।

शुभकामना सन्देशमा मुख्यमन्त्री आचार्यले तिहारको मूल्य र मान्यता अनुशासन,सद्भाव र आपसी सहयोगसँग जोडिएको बताउँदै प्रदेश सरकारले यस्ता सांस्कृतिक पर्वका माध्यमबाट समाज रुपान्तरण र सुशासन प्रवद्र्धनका प्रयासलाई निरन्तरता दिएको उल्लेख गरेका छन् । उनले प्रदेश सरकारले सुशासनलाई प्राथमिकतामा राख्दै चालू खर्च कटौती, पारदर्शिता अभिवृद्धि र भ्रष्टाचार न्यूनीकरणका ठोस कदम चालेको जानकारी दिए । पूर्वविशिष्ट पदाधिकारीका सेवा–सुविधा खारेजदेखि नै जनउत्तरदायी शासन निर्माणका लागि सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

मुख्यमन्त्री आचार्यले युवा पुस्ताको सोच र चाहनालाई आत्मसात् गर्दै आत्मनिर्भरता र नवप्रवर्तनमुखी विकासतर्फ सरकार अघि बढिरहेको बताए । ‘समृद्ध लुम्बिनी,खुसी नागरिक’ को लक्ष्य साकार पार्न कृषि,पशुपालन,उद्यम र रोजगारीलाई प्राथमिकतामा राखी कार्यक्रम सञ्चालन भइरहेको उनले उल्लेख गरे । मुलुकमा देखिएका समस्या र चुनौतीहरूको समाधान संविधानको पूर्ण कार्यान्वयनबाट मात्र सम्भव हुने विश्वास प्रदेश सरकारले लिएको भन्दै उनले स्थायित्व, सुशासन र विकासका लागि सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताए ।

त्यस्तै मुख्यमन्त्री आचार्यले तिहार पर्वले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना बढाउँदै सामाजिक र सांस्कृतिक एकतालाई सुदृढ बनाउने विश्वास व्यक्त गर्दै सम्पूर्ण नेपालीमा सुख,शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]