
Gsb
Ssb
Rks
Ppu
Ksb
Usb
Ksb
Bsn
jsb
Nsb
Ssb
Tgp
Ksb
Rsb
Csb

Tsb
Gsb
Hl1
Usb
Ssb

Nps
ptl
Rgu
रुपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ६,सूर्यपुराघाटमा बुधबार दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा तीन जना युवाको डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा मायादेवी गाउँपालिका-१,का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजन रहेकाे रुपन्देही जिल्लाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज कार्कीले जानकारी दिए ।
त्यस्तै प्रहरीका अनुसार दानव र कञ्चन नदीको संगमस्थल सूर्यपुरास्थित सन्तेश्वर घाटमा दिउँसो करिब ३ बजे मूर्ति विसर्जनका लागि पुगेका उनीहरू नदीमा डुबेका थिए । बेपत्ता भएपछि प्रहरी र स्थानीय बासिन्दाले खोजी कार्य थालेका थिए ।
खोजीका क्रममा करिब २०० मिटर तल तीनै जनाको शव फेला परेको प्रहरीले जनाएको छ । छठ पर्वको तयारी भइरहेको बेला घटेको यस दुर्घटनापछि सूर्यपुरा र मायादेवी क्षेत्र शोकमग्न बनेको स्थानीय सन्दीप गुप्ताले बताए ।
