
Asb
Usb
Dbs
Rgp
Dus
Sgp
Pbu
Rgp
Lks
Ggp
Lnp
Rgp
Ggp
lnp
Rgp
Jns
ksb


दाङ । देउखुरीमा मोटरसाईकिल दुर्घटनामा परी एकजना युवकको मृत्यु भएको छ ।
लमही नगरपालिका वडा नम्बर ७,बनघुस्री निवासी वर्ष अन्दाजी ३५ का देब नारायण चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।
राती करिब सवा दुईबजे लमही तर्फ जाँदै गरेको रा २ प ४९१२ नम्बरको मोटरसाईकिल पुर्ब-पश्चिम राजमार्गको हसनापुर जँगलमा अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा सख्त घाईते भएका चौधरीको राप्ती उपक्षेत्रिय अस्पताल घोराहीमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । मृतक चौधरी नेपाल प्रहरीका पुर्ब हवल्दार समेत हुन् ।
