तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका मंगलबार, आश्विन २८, २०८२

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा “पोषण मार्फत जीवन रुपान्तरण परियोजना”अन्तर्गत पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति र सरोकारवालाबीचको बैठक तथा छलफल कार्यक्रम सोमबार गाउँपालिकाकाे सभाहल मसुरियामा सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कुपोषण न्यूनीकरणका उपाय र रणनीतिबारे विस्तृत छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले राप्ती गाउँपालिका अझै पनि कुपोषणको चपेटामा रहेको जनाउँदै सो समस्याको समाधानका लागि पालिका गम्भीर रूपमा लागेको बताए ।

त्यस्तै उनले कुपोषण न्यूनीकरणका लागि खानपानमा सुधार आवश्यक रहेको उल्लेख गर्दै कोदो,फापर जस्ता अर्गानिक उत्पादनमा जोड दिनुपर्ने बताए । उनले कम उमेरमा बच्चा जन्माउनु समेत कुपोषणको एक कारण भएकाले यसबारे सचेतना अभिवृद्धि गर्नुपर्ने सुझाव दिए ।

अध्यक्ष विष्टका अनुसार पालिकाले कुपोषित बालबालिकाको पहिचान गरी उनीहरूलाई आवश्यक पोषण सहयोग पुर्‍याउने कार्यलाई निरन्तरता दिइरहेको छ । यसका लागि हेलेन केलर, आईडीई, बेसलगायतका संस्थाहरुसँगको सहकार्यमा काम भइरहेको पनि उनले बताए । उनले यस वर्षकाे बजेट जनमुखी र उपलब्धिमूलक कार्यमा खर्च गर्न समेत संस्थालाई सुझाव दिए ।

कार्यक्रमका क्रममा आईडीईका परियोजना अधिकृत सन्तोष कुमार शर्माले नेपालको स्तनपानको अवस्था र बालपोषणसम्बन्धी तथ्याङ्कबारे सहभागीहरूलाई जानकारी गराए । शर्माका अनुसार “पोषणमार्फत जीवन रुपान्तरण परियोजना” ले २ हजार दिनको अवधिमा पाँच जीवनरक्षक पोषण कार्यहरु उच्च गुणस्तरमा विस्तार गरी बालकुपोषणका प्रमुख चुनौतीहरुलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ। उक्त परियोजना संघ,प्रदेश र स्थानीय सरकारबीचको सहकार्यमा लुम्बिनी प्रदेशका चार जिल्लाका ४३ स्थानीय तहमा सञ्चालनमा रहेको जानकारी पनि उनले दिए ।

त्यस्तै,बेस संस्थाका कार्यक्रम संयोजक सुरेश चौधरीले लुम्बिनी प्रदेशमा पोषण अवस्था उच्च जोखिममा रहेको बताउँदै हालसम्म सञ्चालन भएका कामको तथ्याङ्क र प्रगतिबारे जानकारी प्रस्तुत गरे । उनले राप्ती गाउँपालिकामा यस वर्ष सञ्चालन गरिने पोषण सुधारका कार्यक्रमबारे पनि सहभागीहरुलाई जानकारी गराए ।

छलफल कार्यक्रममा वडाध्यक्षहरु,कृषि तथा पोषण अधिकृत,बेसका प्रतिनिधि तथा अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले गराएका थिए । सहभागीहरुले आगामी दिनमा पोषण सुधारका कार्यलाई अझ सशक्त र प्रभावकारी बनाउन स्थानीय सरकार,समुदाय र विकास साझेदारबीचको सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका थिए।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]