
Dus
Rgp
Ggp
Usb
lnp
Rgp
Ggp
Jns
Asb
ksb
Sgp
Lnp
Rgp
Rgp
Lks

lms

दाङ । देउखुरीको लमही नगरपालिकाको पशु सेवा केन्द्रमा पशु उपचारका लागि आउने किसानहरुको संख्या अघिल्लो वर्षको तुलनामा बढ्दो क्रममा रहेको छ । पशु सेवा केन्द्रका पशु चिकित्सक डा.संजय श्रेष्ठका अनुसार यो वर्ष साउनदेखि असोज महिनासम्म करिब एक सय पचासभन्दा बढी किसानले केन्द्रबाट सेवा लिएका छन् ।
त्यस्तै उनीहरुले खसी, बोका, बाख्रा, कुखुरा, हाँस, कुकुर, राँगा, भैंसी, गाई र गोरु लगायतका पशुहरू उपचारका लागि ल्याउने गरेको डा.श्रेष्ठले जानकारी दिए । लमही नगरपालिकाले किसानलाई सहज र गुणस्तरीय सेवा पुर्याउने उद्देश्यले पशु सेवा केन्द्र स्थापना गरेको हो। उक्त केन्द्रमा एक जना पशु चिकित्सक डा.श्रेष्ठ र सहायक मत्य विकास अधिकृत गणेश चौधरी गरी दुई जना प्राविधिकमार्फत सेवा प्रदान हुँदै आएको छ । केन्द्रले बंगुरलाई खसी बनाउने, भाले बधिया बनाउने जस्ता कार्यहरु निशुल्क रुपमा गर्दै आएको छ। साथै, सबै प्रकारका पशुहरुको ल्याब परीक्षणको सुविधा पनि उपलब्ध छ । पशु मरेको अवस्थामा पोस्टमार्टमसमेत गरिने र कुकुरपालकले आवश्यक सामग्री उपलब्ध गराएमा नि:शुल्क कुकुर बन्ध्याकरण सेवासमेत प्रदान गरिने जनाएको छ ।
डा.श्रेष्ठका अनुसार अहिले केन्द्रमा औषधि पर्याप्त मात्रामा उपलब्ध छन । “हामीले सेवा लिन आएका सबै कृषकलाई आवश्यक सेवा दिएरै पठाएका छौं,” उनले बताए । बाख्राको पाठी बिरामी भएर औषधि गर्न पशु सेवा केन्द्रमा लिएर आएका लमहीका एक किसानले नगरपालिकाको पशु सेवा केन्द्रमा डाक्टरसहितको सेवा किसानले पाउनु खुशीको कुरा भएको बताएका छन् ।
त्यस्तै उनका अनुसार सेवा केन्द्रले किसानका लागि सहज र प्रभावकारी सेवा प्रदान गरिरहेको छ, तर अझै सेवाको दायरा विस्तार गर्नुपर्ने आवश्यकता रहेको छ । व्यवसायिक रूपमा कृषि पेशामा लागेका सबै किसानको पहुँचमा सेवा पुग्नुपर्नेमा किसानहरुको भनाई छ । घर पालुवा कुकुर बिरामी भएर पशु सेवा केन्द्रमा उपचार गर्न आएका लमहीका प्रकाश सुनारले भने, “अब त डाक्टर सहितको सेवा पाउन थालेका छौं, यो खुशीको कुरा हो । पेसेवर रुपमा कृषि कर्ममा लागेका किसानका आवश्यकता अनुसार स्थानीय सरकारले सेवा केन्द्रको थप सेवाहरु उपलब्ध गराउनुपर्छ ।”
