
Sgp
Rgp
Ggp
Ggp
Dus
ksb
Jns
Rgp
lnp
Rgp
Usb
Asb
Rgp
Lks
Lnp

lms

बाँके । यौन धन्दा चलाउने दर्जनौं होटल-रेष्टुरेन्टमा
नेपाल प्रहरीले छड्के जाँच गर्दा पुरुष र महिला गरि ४५ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार यौन धन्दा चलिरहेको जनगुनासो आएपछि छुट्टाछुट्टै टोली बनाएर मिलन कटेज, भेरी–कर्णाली होटल, रिभरसाइड र दंगाली होटलमा एकैपटक छापा मार्दा यौन धन्दामा संगल्न व्यक्तिहरु पक्राउ परेका हुन् ।
उक्त कारबाहीका क्रममा ३१ जना महिला र १४ जना पुरुष गरी ४५ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । पक्राउ परेकामध्ये पुरुषहरु धेरैजना भारतीय नागरिक रहेको प्रहरीको भनाइ छ ।
त्यस्तै प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिहरुबाट आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। साथै,यौन धन्दामा संलग्न हुने र त्यसलाई प्रोत्साहन गर्ने होटल तथा व्यक्तिमाथि कानुनी कारबाही गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पारलीले जानकारी दिए ।
