
Lnp
Ggp
Msbus
Rgp
Ksbus
Ksbus
Ggp
Sdc
Asbus

दाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले व्यवसायीक पत्रकारहरूले व्यवसायीकताको धर्म निभाउनु पर्ने बताएका छन् ।
राप्ती प्रेस मञ्चले तिहार, छठ लगायतका पर्वको अवसर पारेर शुक्रबार दाङको राप्ती गाउँपालिकामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा मञ्चको स्थापना दिवस कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका अध्यक्ष विष्टले पत्रकारहरुमा खोज पत्रकारिता हुनुपर्नेमा सत्यतथ्य नबुझेर कसैले फेसबुकमा लेखेका स्टाटसलाई समाचार बनाएर पोष्ट गर्दा समाजमा मानसिक समस्या बढ्दै गएको बताए ।
अध्यक्ष विष्टले राप्तीका पत्रकारलाई राप्तीकै गहनाको रूपमा बुझेको उल्लेख गर्दै पछिल्लो समय राजनीतिक आस्थाकै कारण फरक विचार भएका जनप्रतिनिधिहरुलाई खुइलाउने काम भइरहेको बताए । उनले पत्रकारहरूलाई राजनीतिक आस्था एक ठाउँमा राखेर सत्य तथ्य छुट्टाएर समाचार प्रकाशन/ प्रसारण गरि समाजलाई सकरात्मक दिशा तिर अघि बढ्ने वातावरण बनाउन सुझाव दिए ।
त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेतले पत्रकारिताको धर्म, जिम्मेवारि तथा मर्यादित पत्रकारिताका लागि आफुले आफैलाई सुधारेर लग्न आवश्यक रहेको बताए । उपाध्यक्ष बस्नेतले पत्रकार महासंघले जिम्मेवारी र मर्यादित पत्रकारिता सँगै पत्रकारहरुको क्षमता विकास जस्ता कार्यक्रमलाई अगाडि बढाएको बताए । उनले सञ्चार माध्यमहरु बलियो नभए लोकतन्त्र बलियो हुन नसक्ने बताउँदै लोकतन्त्र बलियो नभए आर्थिक,सामाजिक, साँस्कृतिक समस्या उत्पन्न हुने हुँदा सव भन्दा पहिला मुलुकमा सञ्चार माध्यम बलियो हुन आवश्यक रहेको उपाध्यक्ष बस्नेतले बताए ।
मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती प्रेस मञ्चका मुख्य संरक्षक महेश रिजाल,सल्लाहकारहरु बासुदेव न्याैपाने,जमिर शाह, प्रेस चाैतारी नेपाल लुम्बिनी प्रदेश सदस्य शान्ता खनाल,रेडियो नेपालका दाङ प्रतिनिधि टेकराज भण्डारी,राप्ती गाउँपालिकाका प्रेस संयोजक तुलबहादुर कंवर मगर,मञ्चका उपाध्यक्ष बलराम शाही(भिसुन),कोषाध्यक्ष लक्ष्मी पोख्रेल,सह-कोषाध्यक्ष लालमणी भुसाल,सदस्य मोतीराम भट्टराई लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
मञ्चकी महिला उपाध्यक्ष हुमा सुनारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए । यसै बीच मञ्चले शुक्रबार बिहान मञ्चको स्थापना दिवसका अवसरमा राप्ती गाउँपालिका वडा नम्बर -८,मिलनडाँडा कोहलुवामा रहेको निलसागर सेवा आश्रममा फलफूल वितरण गरेको थियोे । मञ्चका अध्यक्ष अर्जुन अधिकारी सहितको टोलीले आश्रमका कार्यवाहक अध्यक्ष गरिवु चाैधरीलाई फलफूल हस्तान्तरण गरेको थियोे ।
