
Asb
Usb
Lks
Ggp
lnp
Dbs
Ggp
Lnp
ksb
Dus
Pbu
Rgp
Rgp
Rgp
Sgp
Rgp
Jns


दाङ । लमही बजारको ट्राफिक र सर्वसाधारणको सहज आवागमनलाई व्यवस्थित गर्न लमही नगरपालिकामा सरोकारवालाबीच सम्पन्न बैठकले ११ बुँदे निर्णय गरेको छ ।
बैठकले अटो र ई–रिक्साको पार्किङ र सञ्चालनलाई व्यवस्थित गर्न नगर विकास समितिसँगको सहकार्यमा धमिलाको रुखदेखि पछाडी रहेको नगर विकासको जग्गामा निःशुल्क पार्किङको व्यवस्था मिलाउने,कान्छी रोडदेखि शाहमार्गसम्म सडकका सवारी साधनलाई सार्वजनिक बगैंचामा पार्किङ गर्ने निर्णय गरेको छ।
त्यस्तै, मुख्य बजार क्षेत्र र कोइलाबास सडकखण्डमा बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म ठूला सवारी साधनको प्रवेश रोक्ने, तर अत्यावश्यक सामग्री लोड–अनलोडको काम भने तोकिएको समयमा गर्न पाउने व्यवस्था गरिएको छ ।
सडकको छेउछाउमा अनावश्यक रूपमा सवारी साधन पार्किङ गर्न नपाइने, घरको नाली भित्र मात्र मोटरसाइकल पार्किङ गर्न पाइने निर्णय पनि बैठकले गरेको छ । बजार व्यवस्थापनका लागि प्रहरी, नगर प्रहरी तथा सरोकारवालाको संयुक्त टोली गठन गरी नियमित अनुगमन गर्ने र नियम उल्लंघन गर्नेविरुद्ध जरिवाना र कारबाही गर्ने व्यवस्था मिलाइने भएको छ ।
अटो व्यवसायीलाई छलफलमा सहभागी गराएर अटो व्यवसाय संचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधी बनाएर दर्ता र नियमन प्रक्रियामा लैजाने र भाडादरमा एकरुपता ल्याउने निर्णय भएको छ ।
पूर्व–पश्चिम राष्ट्रिय राजमार्ग र कोइलाबास सडकमा आवश्यकताअनुसार ट्राफिक चिह्न राख्ने, ‘नो पार्किङ’ बोर्ड टाँग्ने र नगरपालिकाको सहकार्यमा सडक सुरक्षासम्बन्धी व्यवस्था गर्ने निर्णय गरिएको छ ।
तिहार तथा छठ पर्वमा सयपत्री फुलको माला मात्र बिक्रीवितरण गर्न पुष्प व्यवसायीलाई अनुरोध गर्ने निर्णय गरेको छ । त्यस्तै पुष्पखेती प्रवर्द्धन गर्ने र वातावरण संरक्षण गर्ने उदेश्यले प्लास्टिकका मालाको बिक्री वितरणमा रोक लगाउने पनि बैठकले निर्णय गरेको छ ।
त्यस्तै, बजार क्षेत्रमा पसलहरूले फुटपाथमा सामान राख्न नपाउने, सडक पेटीमा व्यापारिक गतिविधि गर्न निषेध गरिएको छ । बजार क्षेत्रमा छाडा पशु चौपायाको व्यवस्थापन वडा नं. ६ मा रहेको दुमदुम भवानी गौशालामा व्यवस्थापन गरिने र उक्त कार्यमा नगर प्रहरी र सम्बन्धित संस्थाले गर्ने भएको छ । लमही बजार क्षेत्रलाई नियमित सफा राख्ने, बजार क्षेत्रमा रहेको सिसिटिभी क्यामेराको मर्मत र आवश्यकताअनुसार थप क्यामेरा जडान गरिने भएको छ ।
लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको अध्यक्षतामा बसेको उक्त बैठकमा उपप्रमुख लक्ष्मी योगी, निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद शर्मा,लमही नगरपालिका -५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदी, सडक डिभिजन कार्यालय दाङका प्रमुख दीपेन्द्र बहादुर विष्ट, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेय, देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष कमल जंग सिंह ठकुरी, प्रशासन शाखा प्रमुख महेश थापा ठेडी, अस्थायी ट्राफिक कार्यालय लमहीका प्रमुख माधव रावत, देउखुरी सामुदायिक प्रहरी सेवा केन्द्र लमहीका अध्यक्ष किरण विक्रम शाह लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
