
Rgp
lnp
Ggp
Rgp
Asb
Lnp
Usb
Sgp
Dbs
Pbu
Rgp
Dus
Ggp
Rgp
ksb
Lks
Jns


सुनसरी । सुनसरीमा जुवातास खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
कोशी गाउँपालिका वडा नम्बर-१,लौकहीस्थित एक गोदाम घरमा जुवा खेलिरहेको सूचनाको आधारमा उनीहरूलाई मंगलबार राति पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका-१ बस्ने ५२ वर्षीय रमानन्द महतो समेत ७ जना छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले उनीहरुको साथबाट नगद १ लाख ९० हजार ५ सय ९० रुपैयाँ र १६ बुक तास पनि बरामद गरेको छ । प्रहरीले पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
