
Rgp
Rgp
Lks
Ggp
Sgp
lnp
ksb
Asb
Lnp
Dus
Rgp
Ggp
Jns
Usb
Rgp

lms

दाङ । नयाँ पाइलामा दुर्व्यसनीका उपचार्थी र घरपरिवार बीच वडादशैंको दिन दशैं टीका लगाएर दशैं मनाएका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९, बिजौरी,हाडिमे दाङमा रहेकोे नयाँपाईला पुनर्स्थापना केन्द्रको प्राङ्गणमा सम्पूर्ण दुर्व्यसनीका उपचार्थी र घरपरिवार बीच संगै बसी दशैंको टीका लगाएर आशिर्वाद आदानप्रदान गरेका हुन् ।
केन्द्रले प्रत्येक वर्षमा आउने नेपालीहरुको महान पर्व दशैं,तिहार लगायत अन्य विशेष चाडबाडमा दुर्व्यसनी र घरपरिवार बीच यसैगरी सरल र सहज रुपमा वातावरण मिलाइदिने गरेको केन्द्रका कार्यकारी निर्देश सुरेश भुसालले जानकारी दिए ।
स्थापना काल २०७१ देखि १४८३ जना लागु पदार्थ दुर्व्यसनीहरुलाई उपचारको गरि घरपरिवारबाट संस्था नयाँपाईला पुनर्स्थापना सुधार केन्द्रको जिम्मा लगाएको र त्यो मध्य १४ सय ४४ जनालाई उपचार पस्च्यात संस्थाले परिवारको जिम्मा लगाएको केन्द्रले जनाएको छ ।
त्यस्तै हाल आजका मितिसम्म केन्द्रमा ३६ जनाको उपचार रहेको प्रतिबेदन गृह तथा स्थानीय प्रशासनलाई बुझाइ सकेको केन्द्रका कार्यकारी निर्देशक भुसालले जानकारी दिए ।
