
Ggp
Rgp
Pbu
Lks
Sgp
Asb
ksb
Rgp
Usb
Dbs
Rgp
Lnp
Jns
Rgp
Dus
Ggp
lnp


अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर –९ टारीमा सोमबार बिहान गुल्मी पुर्कोटदहतर्फ जाँदै गरेको लु १ ज ४७२४ नम्बरको जिप सडकबाट करिब ६०–७० मिटर तल खसेको छ । दुर्घटनामा २ बालबालिकाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
त्यस्तै मृत्यु हुनेमा गुल्मी, मदाने–६ पुर्कोटदहकी १० वर्षीया अरुणा थापा र मदाने–७ नेटाखर्कका १३ वर्षीय नारायण पौडेल रहेका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर,१३ जनाको मध्यम र ७ जनाको सामान्य रहेको छ । गम्भीर घाइतेमा गुल्मी, मदाने–६ पुर्कोटदहकी तारा सेन के.सी., प्युठान ऐरावती–६ की गंगा थापा, ऐरावती–१ की उषा घर्ती मगर र संजिता कुँवर रहेका छन् । ती घाइतेहरूलाई बुटवल रिफर गरिएको छ।
अन्य मध्यम र सामान्य घाइतेहरूमा जिप चालक ४२ वर्षीय चेतन कुँवर, ऐरावती–१ की उषा पुन मगर, रुपन्देही, बुटवल उपमहानगरपालिका–१९ की लक्ष्मी कुँवर, ऐरावती–१ की सृजना कुँवर, १६ वर्षीय सुरेश कुँवर, गुल्मी, मदाने–७ का जगन्नाथ पौडेल, ऐरावती–६ डढुवा की निशा जी.एम., ऐरावती–१ की सिता बि.सी., सन्तोष कुँवर, जेनिसा सेन, बविता जि.सी., अनिल कुँवर, ऐरावती–६ नवारा की सुशिला कुँवर रहेका छन् ।
यस्तै सामान्य घाइतेमा ऐरावती–१ का १३ वर्षीय गौरव थापा, ७ वर्षीया आरीया के.सी., १४ वर्षीया अरिस्मा के.सी., १० वर्षीय अप्रिस कुँवर, १९ वर्षीया मनिषा थापा, ऐरावती–७, नेटाखर्कका २३ वर्षीय विनोद पराजुली र गुल्मी, मदाने–६ पुर्कोटदहका ४ वर्षीय आर्यन के.सी. रहेका छन् । घटनास्थलमा प्रहरी नायब उपरीक्षक दिवश बहादुर जिसीको कमाण्डमा २७ जनाको टोली खटिएको थियो। जिप भने घटनास्थलमै रहेको छ।
